स्वास्थ्यमा समायोजन : स्वास्थ्यकर्मीका जायज गुनासा सकियो भन्दै रोकियो निवेदन

काठमाडौँ, १ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन बिग्रेकाहरुको गुनासो सम्वन्धी निवेदन लिने क्रम आजबाट रोकिएको जनाएको छ । यद्धपी उसले गम्भीर त्रुटी, बैद्य र ल्याव असिस्टेन्ट पदका गुनासो भने लिन सकिने स्पष्ट पारेको छ ।

मन्त्रालयका गुनासो व्यवस्थापन एवं सहजीकरण समितिका संयोजक महेन्द्रप्रसाद श्रेष्ठले जायज गुनासा आउनेक्रम रोकिएपछि निवेदन लिन बन्द गरिएको बताए । ‘जायज गुनासा सकिए, अव आउने भनेको मेरो वारीको गाँउमा हुनुपर्ने पारिको गाँउमा पर्यो भन्ने खालका हुन् । वरिपरि नै परेकाहरुले त त्यति एडजष्ट त गर्नु पर्यो नि । त्यसैले हामीले अव निवेदन नलिने टुंगोमा पुग्यौँ,’ श्रेष्ठले भने ।

उनले समायोजनका क्रममा पद तथा तह नमिलेका तथा अन्य गम्भीर त्रुटि सच्याउने काम भने नरोकिने स्पष्ट पारे ।

यसअघि सामान्य प्रशासन मन्त्रालयले गुनासो सम्वोधन नगरी सूची प्रकाशित गरी सोही अनुसार समायोजन पत्र पठाउन निर्देशन दिएको थियो । सोही अनुसार स्वास्थ्यले पत्र पठाउँदा धेरैको समायोजन विग्रिएको थियो ।

स्वास्थ्य मन्त्रालयमा दशैँ अघि देखि नै निवेदन दिने र समायोजनको पत्र खिच्नेहरुको भिड अझै कम भएको छैन ।

निवेदन नलिने भन्दै स्वास्थ्यले हिजो जारी गरेको सूचना यस्तो छ

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *