निजी मेडिकल कलेज सञ्चालकद्धारा एमबीबीएस र बीडीएसमा भर्ना नलिने घोषणा

2.2k
Shares

काठमाडौँ, ८ असोज ।  निजी मेडिकल कलेज सञ्चालकहरुले यथास्थितिमा एमबीबीएस र बीडीएसको कक्षा सञ्चालन गर्न नसक्ने बताएका छन् । उनीहरुले सांकेतिक रुपमा कलेजको साँचो सरकारलाई बुझाएको समेत जानकारी दिएका छन् ।

निजी मेडिकल तथा डेन्टल कलेज सञ्चालकहरुको संस्था एसोसिएशन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेज अफ नेपालले बुधबार जारी विज्ञप्तीमा सरकारको एक पछि अर्को गर्दै गरिएका अव्यहारिक निर्णयबाट निजी मेडिकल कलेज सञ्चालन हुन नसक्ने उल्लेख छ । दुई पेज लामो विज्ञप्तीमा उनीहरुले कलेजको सिट, विदेशी विद्यार्थी र शुल्कको बारेमा आफुहरुको असहमति व्यक्त गरेका छन् ।

एसोसिएशनका अध्यक्ष बसुरुद्धिन अन्सारीले सरकारले निजी मेडिकल कलेजको योगदानलाई विर्सेर एक पछि अर्को प्रहार गर्दै गईरहेकोले आफूहरु बाध्य भएर नयाँ भर्ना लिन नसक्ने अवस्थामा पुगेको बताए ।

‘मेडिकल कलेजको सिट घटाउन पर्ने, शुल्क पनि घटाउन पर्ने, विदेशी विद्यार्थी लिन पनि अफ्टेरो पार्दै जाने तर जनशक्ति थप्दै जानुपर्ने, शिक्षक प्राध्यापकको तलव बढाउँदै जानुपर्ने, त्यसो नगरे ठगको विल्ला भिराउने, यस्तो पनि हुन्छ ? त्यसैले हामीले साँचो बुझाउने योजना बनाएका हौँ,’ उनले भने ।

मेडिकल कलेज सञ्चालकहरुले जारी गरेको विज्ञप्ती यस्तो छ

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *