नर्सिङ काउन्सिलको निर्वाचनका लागि तोकियो १२ ठाँउमा मतदान केन्द्र

736
Shares

काठमाडौँ, ९ भदौ । नेपाल नर्सिङ काउन्सिलको रिक्त सदस्य पदका लागि आगामी २८ भदौमा हुने निर्वाचनका लागि मतदान केन्द्र तोकिएको छ । तीन जना बोर्ड सदस्यका लागि गर्न लागिएको निर्वाचनमा काउन्सिलले विभिन्न १२ जिल्लामा मतदान केन्द्र तोकेको हो ।

मतदान केन्द्र तोकिएको स्थानहरुमा विराटनगर, सुनसरी, जनकपुर, वीरगञ्ज, चितवन, काठमाडौं, पोखरा, पाल्पा, बुटवल, नेपालगञ्ज, जुम्ला र धनगढी रहेका छन् ।

काउन्सिलको बोर्ड सदस्य पदमा ८ जना नर्सहरुले उम्म्देवारी दिएका छन्। सरला केसी, जीता बराल, मित्रकुमारी देवकोटा, डा तारा शाह, कृष्णकुमारी पौडेल, तुलसादेवी अधिकारी, सीता कार्की र रीना श्रेष्ठले उम्मेद्वारी दिएका छन्।

निर्वाचनमा नर्सिङ संघका सदस्यले मात्र मतदान गर्न पाउने छन्। संघमा हालसम्म करिब १२ हजार नर्स मात्र सदस्य रहेका छन्। काउन्सिलमा भने अनमी सहित करीब ८९ हजार नर्स दर्ता भइसकेका छन् ।

मतदान केन्द्र

यी हुन उम्मेद्धार

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *