आन्दोलनमा उत्रिएका राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नौँ जना चिकित्सक बर्खास्त

काठमाडौँ, ८ भदौ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले संस्थाको हित विपरित कार्यमा लागेको भन्दै करार सेवाका नौ जना चिकित्सकलाई सेवाबाट हटाएको छ । प्रतिष्ठानले उनीहरुको ठाँउमा नयाँ पदपूर्ति प्रक्रिया अघि बढाईसकेको जनाएको छ ।

सेवाबाट हटाइएकाहरुमा डा अभ्यास पोखरेल, डा अनिल खाम, डा पृतम डिसी, डा गौरब आचार्य, डा राजेन्द्र कुलारा, डा आयुस पौडेल, डा कृष्ण रिजाल, डा सुवर्ण बुढा, र डा धना केसी छन् । डा मनोज यादवको करार सम्झौँता भने यस अघि नै भंग भएको थियो ।

उपकुलपति भण्डारीको कार्यशैलीमा प्रश्न उठाउँदै उनीहरुले यही भदौ ५ गते सामूहिक राजीनामा दिएका थिए ।
प्रतिष्ठानकी उपकुलपति प्राडा संगीता भण्डारीले संस्थाको विना जानकारी अनुपस्थित भएको र संस्थाको हित विपरित गतिविधि गरेको प्रमाणित भएपछि आज बसेको कार्यकारी बैठकले ९ जना चिकित्सकलाई पदमुक्त गरेको बताइन ।
उनले भनिन्, उहाँहरुले राजिनामा दिनु भएको रहेछ । अस्पतालको सेवामा आएको पाइएन । त्यसैले उहाँहरुलाई पदमुक्त गरियो । अब भोलि नै मेडिकल अफिसरका लागि विज्ञापन खुल्छ ।

उपकुलपति प्राडा भण्डारीको कार्यशैलीको विरोध गर्दै यसअघि नै २५ जना चिकित्सकले राजिनामा दिएका छन् । तर ती मध्ये केही चिकित्सक संघीय सरकार अन्तरगर्त रहेकाले राजिनामा स्वीकृत गरिहाल्ने अवस्था भने छैन ।

‘सुरुमा डा मनोज यादवले यस संस्थाको हित विपरित हुने गरी गतिविधि गरे । उनको सो गतिविधि विरुद्ध हामीले पटक पटक स्पष्टीकरण माग्यौँ । तर उनले अटेरी गरेपछि उनलाई बर्खास्त गर्यौँ । त्यसपछि अरु डाक्टरहरु उनका पछि लागेका छन् । उनीहरुलाई पनि हामीले सतर्क गराएका छौँ,’ उपकुलपति भण्डारीले भनिन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *