दुर्घटनामा परी आन्द्राभुँडी निस्किएको बालकलाई राजबिराजका चिकित्सकले बचाए

- नेपाली हेल्थ
तस्वीर: नानीमैया कटवाल

सप्तरी, २५ साउन । दुर्घटनामा आन्द्राभुँडी निस्केर गम्भीर घाइते एक बालकको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सफल शल्यक्रिया भएको छ ।

पेटमा बाँसको ठुटो रोपिएर आन्द्राभुँडी बाहिर निस्किएको अवस्थामा सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–४ का आठ वर्षीय तफरेज आलमको सफल शल्यक्रिया भएको हो ।

घरको छतमा खेलिरहेका आलम चिप्लिएर बाँसघारीमा खसेका थिए । खस्दा बाँसको टुप्पोमा परेका आलमलाई परिवारले तत्कालै
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुरयाएका थिए ।

त्यहाँका चिकित्सक डा राजीव मिश्रा, डा पारसमणि साह, डा शशाङ्क यादव, डा गोपाल यादवलगायतको टोलीले उनको शल्यक्रिया गरेका हुन् । शल्यक्रिया गर्न चार घण्टा लागेको डा मिश्राले बताए । अहिले बालको अवस्था सामान्यउन्मुख छ ।

थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *