राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको जिम्मेवारी मोहम्मद दाउदले सम्हाले

काठमाडौँ, २ साउन । समायोजन पछि राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको निर्देशकमा पदस्थापन भएका मोहम्मद दाउदले आजबाट जिम्मेवारी सम्हालेका छन् ।

आज दिउसो तालिम केन्द्र पुगेर निर्देशकको जिम्मेवारी सम्हालेका हुन् । यसअघिका निर्देशक झलक शर्मा पौडेल समायोजनको क्रममा फाजिलमा परेका थिए । अवकाश हुन केही समय बाँकी रहेकाले उनलाई फाजिलमा राखिएको मन्त्रालयले यसअघि नै स्पष्ट पारेको थियो ।

नव निर्देशक दाउदले नयाँ आर्थिक बर्षसंगै आजबाट जिम्मेवारी सम्हालेको बताए । उनले भने, ‘सरकारले केही समय अघि नै हाम्रो जिम्मेवारी तोकेको हो तर आर्थिक बर्षको अन्तमा नेतृत्व हेरफेर हुँदा गरिरहेको काममा अफ्टेरो पर्ने भएकोले हामी सहमतिमै असारपछि जिम्मेवारी हेरफेर गर्ने पक्षमा थियौँ । आज मैले तालिम केन्द्रको निर्देशकको जिम्मेवारी सम्हालेको छु । उहाँपनि अवकाश नहुँदासम्म यहि नै रहनुहुन्छ ।’

यसअघि निर्देशक रहेका उमेर हदका कारण आगामी २८ साउन देखि पौडेल सरकारी सेवाबाट अवकाश पाउँदैछन् । तालिम केन्द्रका नव निर्देशक दाउद भने यसअघि प्रदेश स्वास्थ्य निर्देशनालय प्रदेश नं ३ को निर्देशक थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको जिम्मेवारी मोहम्मद दाउदले सम्हाले

  1. हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना सर ।।

Leave a Reply to Bishnu chandra Nepali Cancel reply

Your email address will not be published. Required fields are marked *