स्वास्थ्यमा एघारौँ तहका ५ अधिकारीको जिम्मेवारी हेरफेर

काठमाडौँ, ११ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य समूहका एघारौँ तहका अधिकृतहरुको सरुवा तथा काज फिर्ता गरी जिम्मेवारी हेरफेर गरेको छ ।
स्वास्थ्य मन्त्री निशा मेहताले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालय विभाग र केन्द्रका केही महाशाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेकी हुन् ।
मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख दिवश आचार्यका अनुसार यसअघि रिक्त रहेको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको प्रमुखमा डा अनुज भट्टचन जिम्मेवारी दिइएको छ ।
उनको ठाउँमा डा चुमनलाल दासलाई पठाइएको छ । यस्तै विभागको परिवार कल्याण महाशाखाका प्रमुख रहेका डा मदन उपाध्यायलाई नारायणी अस्पतालमा सरुवा गरिएको छ ।
मन्त्रालयमा स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन ईकाई (एचईओसी)का प्रमुख तथा मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीलाई वीर अस्पतालमा काज फिर्ता भएको छ । अब मन्त्रालयको प्रवक्ताको जिम्मेवारी समन्वय महाशाखा प्रमुख यशोदा अर्यालले सम्हाल्ने छिन् ।
यसअघि नै राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रमा डा प्रकाशप्रसाद साहलाई जिम्मेवारी दिइएको छ ।
यस्तै मन्त्रालयको नीति योजना महाशाखामा १०औं तहमा कार्यरत डा पुष्पराज पौडेललाई पनि नरदेवी अस्पतालमा काज फिर्ता गरिएको छ।
सम्पर्क इमेल : [email protected]






नेपाली हेल्थ 

