मे दिवसको दिन ओपीडी सञ्चालन गर्न सरकारी अस्पताललाई सरकारको अनुरोध

काठमाडौँ, १७ बैशाख । भोली १ मे, अर्थात विश्व मजदुर दिवस । भोली नै बुद्ध जयन्ती, उभौली पर्व, चण्डी पूर्णिमा चण्डेश्वरी जात्रा हुने दिन भएकोले सरकारले बार्षिक क्यालेन्डरमा नै सार्वजनिक विदा घोषणा गरिसकेको छ ।
तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अवेर सूचना जारी गर्दै सबै सरकारी अस्पतालहरुमा ओपिडी सेवा सञ्चालन गर्न अनुरोध गरेको छ ।
शनिबार र आइतबार ओपिडी सार्वजनिक विदा हुने र ओपिडी समेत नचल्ने व्यवस्था सुरु गरेको सरकारले भोली शुक्रबारसमेत सार्वजनिक विदा भनी ओपिडी बन्द गर्दा सेवाग्राहीलाई समस्या हुने बताएको छ ।
मन्त्रालयको विज्ञप्तीमा १८, १९ र २० बैशाख गरी लगातार तीन दिन सार्वजनिक विदा परेका कारण देशभरका अस्पतालहरुमा बहिरंग (ओपिडी) सेवा प्रभावित हुन गई सेवाग्राहीलाई असुविधा हुन सक्ने अवस्था देखिएको कारण उल्लेख गरेको छ ।
हेर्नुहोस सूचना:

सम्पर्क इमेल : [email protected]






नेपाली हेल्थ 

