उपसभामुख रुवीकुमारी अस्वस्थ, किष्ट अस्पतालमा भर्ना

काठमाडौं, १६ बैशाख । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी अस्पताल भर्ना भएकी छन् ।
सुगरको लेभल कम भएपछि उनलाई ललितपुरस्थित किस्ट अस्पताल भर्ना गरिएको श्रम संस्कृति पार्टीका सांसद आरेन राईले जानकारी दिए ।
राईले भने, “उहाँको शरीरमा सुगर लेभल कम भएछ ।अहिले किष्ट अस्पतालमा उहाँको उपचार जारी छ ।’
गत निर्वाचनमा श्रम संस्कृति पाटीर्को तर्फबाट प्रतिनिधि सभा सदस्य (समानुपातिक)मा बिजयी बनेकी २७ बर्षीया रुवीकुमारी गत २७ चैत देखि प्रतिनिधिसभाको उपसभामुख बनेकी हुन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]






नेपाली हेल्थ 

