महाशाखा सम्हाल्न औषधी व्यवस्था विभागमा पठाइयो एक नयाँ अधिकृत

काठमाडौँ, १७ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधी व्यवस्था विभागकाे रिक्त महाशाखा सम्हाल्न दशाैं तहकी एक बरिष्ठ फार्मेसी अधिकृत पठाएको छ।

मन्त्रालयले बुधबार सचिव स्तरीय निर्णय गर्दै सचिता जोशीलाई विभाग पठाएको हो । उनी यस अघि राष्ट्रिय औषधी प्रयोगशालामा थिईन् ।

विभागको निमित्त महानिर्देशक शिवानी खड्‌गीले एक बरिष्ठ फार्मासिस्ट आएको भन्दै काममा आजबाट केही सहजता भएको बताइन।

यस अघि विभागमा रहेको अनुगमन, दर्ता र व्यवस्थापन गरि तीन महाशाखामा किरणसुन्दर बज्राचार्य एक्लैले सम्हालेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *