नवौँ ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो-२०२६’ बैशाख १७ गते देखी सुरु हुँदै

काठमाडौँ, १३ बैशाख । ‘नेपाल मेडिकल तथा ल्याब एक्स्पो-२०२६’ आगामी १७ बैशाख देखि काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुने भएको छ ।

एचडी प्रोमो मिडियाले केमीकल एण्ड मेडिकल सप्लायर्स एसोसिएशन अफ नेपाल (केमसान)संगको सहकार्यमा हुन गइरहेको तीन दिने एक्स्पोको यो नवौँ संस्करण हो ।

एक्स्पो (प्रर्दशर्नी)मा नेपाल, भारतसहित अरु विभिन्न देशका गरी कुल २०० बढी स्टल राखिने बताइएको छ । त्यसमा स्वास्थ्य उपचारका लागि आवश्यक नयाँ नयाँ प्रविधि, उत्पादन र आविस्कारहरु तथा विश्वभाका मेडिकल टेक्नोलोजी, डाइग्नोष्टिक, ल्यावरेटोरीहरु प्रदर्शनी हुने आयोजकले जानकारी दिएको छ । यस्तै ८०० बढी अन्तराष्ट्रिय ब्राण्ड, एक हजार बढी उत्पादन तथा सेवाहरु एकै स्थानमा प्रदर्शनी हुने भनिएको छ ।

‘यस एक्स्पोमा खासगरी हेल्य केयर, फार्मास्यिुटिकल्स तथा रिसर्च सेन्टरले प्रयोग गर्दै आइरहेका सामग्रीहरुको प्रदर्शन गरिनेछ । यसले खरीदकर्तालाई नयाँ उत्पादनबारेमा बुझ्न मौका मिल्नेछ, व्यापार प्रवद्र्धनमा पनि सघाउने छ र मुख्यकुरा देशको मेडिकल क्षेत्रले नयाँ नयाँ टेक्नोलोजीबारे जान्ने अवसर पाउने छ,’ आयोजक मध्येका एक केमसान नेपालका अध्यक्ष भक्त हमालले भने ।

उनले एक्सोमा विभिन्न स्तरका नयाँ नयाँ प्रयोगहरु तथा विविध उत्पादनबारे जान्ने अवसर प्रदान गर्नुृका साथै क्रेता र बिक्रेताबीच साझा मञ्चमा ल्याउन सक्नेछ । हमालले प्रदर्शनीमा अस्पताल प्रमुख, डाक्टर, नर्स तथा अनुसन्धानका क्षेत्रमा लागेको स्वास्थ्य बैज्ञानिकका लागि चिनिने र चिनाउने अवसर भएको समेत बताए ।

एसडी प्रोमो मिडिया प्रालिका परियोजना प्रमुख अनुरोध परासरले अघिल्ला संस्करण भन्दा यो संस्करण ठूलो र फरक हुने भन्दै विभिन्न मूल्यका नवीन उपकरण तथा सामग्रीहरुको बारेमा देशभरीका ग्राहकहरुको माग सम्वोधनका लागि प्रयास गर्ने बताए ।

उनले एक्स्पोबाट साना तथा ठूला कम्पनीहरुलाई एक अर्कासंग परिचय तथा सम्वन्ध बढाउँदै आफ्ना सृजनाहरुलाई परिचित गराउने सुनौलो अवसर दिने बताए ।

प्रदर्शनीमा सिमेन्स, फिलिप्स, फुजीफिल्म, थर्मो फिसर साइन्टिफिक, ह्युमन डायाग्नोस्टिक, स्निबे, ड्रागर र सीटीके बायोटेक जस्ता विश्व प्रसिद्ध ब्राण्डहरुको सहभागिता सुनिश्चित भईसकेको आयोजकले जनाएको छ ।

नेपालको मेडिकल क्षेत्रमा औषधि बाहेक केमिकल तथा मेडिकल सप्लाई, ल्याब्रोटोरिज लगायतका बस्तुहरुको बार्षिक व्यापार २० अर्ब बढीको हुने अनुमान गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *