समायोजनको विषयमा छलफल गर्न चिकित्सक संघले बोलायो ‘मास मिटिङ’

काठमाडौँ, २७ चैत । चिकित्सकहरुको समायोजनको विषयमा छलफल गरी रणनीति बनाउन भन्दै नेपाल चिकित्सक संघले भेला बोलाएको छ । विहीबार दिउसो २ बजे संघको कार्यालयमा भेला बोलाएको हो ।

भेलामा उपत्यका भित्रका सरकारी अस्पताल, गैरसरकारी अस्पताल, निजी स्वास्थ्य संस्था, मेडिकल कलेज, विभिन्न विशेषज्ञ समाजका प्रतिनिधिहरुलाई आमन्त्रण गरिएको छ ।

समायोजनको विषयलाई लिएर सरकारी चिकित्सक संघले गरेको आन्दोलनमा सरकारी हस्तक्षेप हुन थालेपछि नेपाल चिकित्सक संघले चासो देखाएको हो । बुधबार मात्रै वीर अस्पतालमा प्रहरी लगाएर ओपिडी सुरु गर्न दवाव दिइएको थियो । सो क्रममा सामान्य झडपको अवस्था उत्पन्न भएको थियो ।

चिकित्सक संघले बुधबार वीर अस्पतालमा डाक्टर माथि भएको दुव्र्यहारको समेत निन्दा गरेको छ ।

उसले समस्याको समाधान वार्ता र संवादबाट गर्नु पर्नेमा नेपाल सरकारका जिम्मेवार व्यक्तिहरुले सार्वजनिक रुपमा चिकित्सा पेशालाई नै मानमर्दन गर्ने गरी अस्वाभाविक अभिव्यक्ति दिने, शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रेका चिकित्सकहरुलाई नै प्रहरी लगाई धरपकड गर्ने जस्ता क्रियाकलापलाई चिकित्सकलाई चिडाउने र सरकारी सेवा प्रति वितृष्ण पैदा गर्ने सरकारी कार्य भनेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *