प्रसूति वार्डका नौ जना नर्स एकै समयमा सुत्केरी हुने भएपछि …..

एजेन्सी । प्रसूर्ति वार्डमा कार्यरत नौ जना नर्स लगभग एकै समयमा सुत्केरी हुन लागेका छन् । पोर्टल्याण्डमा रहेको माइन मेडिकल सेन्टरको प्रसूति विभागमा कार्यरत ती नर्सहरु आगामी अप्रिल र जुलाई महिनामा सुत्केरी हुन लागेका हुन् ।

‘जब हामी एक पछि अर्को गर्दै सबैले गर्भवती छौँ भन्न थाल्यौँ त्यो समय निकै खुशी को क्षण थियो । र हामीले एक अर्कालाई सहयोग गर्न सक्थ्यौँ,’ गर्भवती नर्स यिरिन ग्रेनियरले भनिन् ।

प्रसूति वार्डका नौ जना नर्स लगभग एकैसमयमा गर्भवती भएपछि सोमबार अस्पतालले नै एक समारोह गरेको थियो । उक्त समारोहमा गर्भवती भएका ९ मध्ये ८ जना उपस्थित भएका थिए ।

उनीहरुको ‘वेवी बुम’ सामुहिक तस्बिर सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा भाइरल भएको थियो भने त्यहि उनीहरुलाई बधाईको ओइरो आउन थालेको थियो ।

कतिपयले सबै नर्स एकै समयमा सुत्केरी हुने अवस्था आउँदा कर्मचारी संख्या र अस्पतालको सेवाका बारेमा चासो लिएका थिए । तर अस्पतालले भने कर्मचारीको विषयमा कुनै अप्ठेरो नहुने बताएको छ ।

गर्भवती नर्सहरुले एक अर्कालाई सहयोग गर्दै आएका छन् । ‘यति धेरै जना एकैपटक आफूजस्तै अवस्थामा देख्दा खुशी र आश्चर्य लागेको छ । हामीले एक अर्कासंग अनुभव आदानप्रदान गर्ने गरेका छौँ,’ नर्स अमाण्ड स्पिर भन्छिन् । 

नर्सहरुले आफूहरु सुत्केरी हुने अनुमानित मिति सहितको कार्ड भिरेर अस्पतालमा सेवा दिइरहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *