भारतमा स्वाइन फ्लुका कारण ३७७ को मृत्यु भएको आशङ्का

72
Shares

नयाँ दिल्ली, ८ फागुन । भारतमा सन् २०१९ को यो डेढ महिनामै १२ हजारभन्दा बढी स्वाइन फ्लु भनिने इन्फ्लुएन्जा ए एच१एन१का बिरामी भेटिएका छन् ।

बिरामी भएकामध्ये ३७७ जनाको मृत्यु स्वाइन फ्ल्युकै कारण भएको आशङ्का गरिएको अधिकारीहरूले मङ्गलबार बताएका छन् ।

राजधानी नयाँ दिल्लीमा मात्रै लगातार फैलिँदै गएको स्वाइन फ्ल्युका कारण दुई हजार २७८ जना प्रभावित भएका छन् । तीमध्ये झण्डै सात सय जना त पछिल्लो दश दिनमा प्रभावित भएका हुन् ।

सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै टाइम्स अफ इण्डियाले लेखेको समाचारअनुसार सबै प्रदेशमा यस्ता बिरामीको उपचारका लागि औषधी लगायतका स्वास्थ्य सामग्रीहरू पर्याप्त मात्रामा रहेका छन् । रासस-सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *