प्रदेश प्रमुख मल्ल अस्वस्थ

धनगढी, ६ फागुन । सुदूरपश्चिम प्रदेशका प्रमुख मोहनराज मल्ल अस्वस्थ्य भएका छन् । उनलाई कम्पन, ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या, रक्त कोषको मात्रामा कमी र मिर्गाौमा केही समस्या देखिएको निसर्ग हस्पिटल धनगढीका फिजिसियन डा विजय केसीले जानकारी दिए ।
प्रदेश प्रमुख मल्लको स्वास्थ्य जाँच निसर्ग हस्पिटलका डा केसीसहित चार चिकित्सकको टोलीले गरेको थियो । एकहत्तर वर्षीय मल्ललाई सो अस्पतालले बाहिर सिफारिस गरिएपछि गए राति नै थप उपचारका लागि काठमाडौंँ लगिएको छ । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



