म्याग्दीकी नौ महिने बालिकामा कलेजो प्रत्यारोपण

म्याग्दी, २० माघ । मृत्युको मुखमा पुगेकी नौ महिने बालिकालाई बचाउन यहाँका एक व्यक्तिले कलेजो दान गरेका छन् । जन्मेको चार महिनापछि नै कलोजोमा लागेको रोका कारण प्रत्यारोपण गर्नुपर्ने अवस्थामा पुगेकी म्याग्दीको अन्नपूर्ण – ७ हिस्तानकी नौ महिने बालिका सियाना रन्जीता पुनलाई बेनीका चन्द्रकुमार केसीले कलेजो दान गनरेका हुन् ।

म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषका संस्थापक अध्यक्ष समेत रहेका केसीले शुक्रबार बालिका सियानाको जीवन रक्षाका लागि कलेजो दान गरेको हो । शिशु अवस्थामै कलेजो रोगका कारण समस्यामा परेकी बालिकाको जीवन रक्षाका लागि परोपकारी संस्था शान्तिकोषमार्फत सहयोगको अपिल गरिएको थियो ।

सियानालाई कलेजो प्रत्यारोपण गर्न उनको आफन्तको कलेजो म्याच नभएपछि कलेजो दान गर्ने व्यक्तिको खोजी भएको थियो तर दान गर्ने व्यक्ति अन्य व्यक्ति नभेटिएपछि कलेजो दिन केसी अघि सरेका हुन् ।

सियानाको गत शुक्रबार भारतको सर गंगाराम अस्पतालमा कलेजोको सफल प्रत्यारोपण भएको छ ।

आफ्नै आमा रेश्मा र बुबा प्रदीपको कलेजो म्याच नभएको र आर्थिक अभावका कारण उपचार अनिश्चित भई मृत्युको मुखमा पुगेकी बालिकालाई कलेजो दान गर्न केसीले सबै कानुनी प्रक्रिया पुरा गरेको बताइएको छ । उनले आफ्नो कलेजोको करीब ३० प्रतिशत भाग दान गरेको कोषका अध्यक्ष राजेश शाक्यले बताए ।

एउटा शिशुलाई बचाउन केसीले गरेको यो महान कार्य हो । शाक्यले भने, उहाँका कारण बालिकाले नयाँ जीवन पाएकी छन् । बालिका र दानवीर केसीको हामी पनि सुस्वास्थ्यको कामना गर्दछौँ ।

परिवारभन्दा बाहिरबाट कलेजो प्रत्यारोपण भएको नेपालमै पहिलो हुनसक्ने अध्यक्ष शाक्यले बताए । ‘एकाघरका व्यक्तिबाट यस्तो दान गरिएको त सुनिएको थियो तर बाहिरको व्यक्तिले यसरी दान गरेको सुन्नमा आएको थिएन,’ उनले भने ।

प्रत्यारोपण पछि अहिले दुबै जनाको आइसियूमा उपचार भईरहेको छ ।

प्रत्यारोपण अघि केसीको नेपाल तथा भारतका विभिन्न अस्पतालमा स्वास्थ्य जाँच गरिएको र भारतीय कानुनी प्रक्रिया समेत पुरा गरेको बताए । नौ महिने बालिकालाई कलेजो दान गरेका केसीको म्याग्दीमा अहिले चौतर्फी चर्चा चुलिएको छ ।

सियानालाई बचाउन प्रवासमा रहेका म्याग्दीवासीले सञ्चालन गरेको अभियानमा अहिलेसम्म ३० लाख रुपैयाँ जम्मा भईसकेको छ ।

आजको गोरखापत्रमा समाचार छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *