रुकुम : आमाहरूलाई जाउलो पकाउन सिकाइँदै

240
Shares

रुकुम (पूर्व), १९ पुस । रुक्मेली समाज विकास केन्द्रद्वारा सञ्चालित सुआहारा कार्यक्रमले जिल्लाको भूमे गाउँपालिका–३ क्याङ्सीका आमाहरूलाई जाउलो पकाउन सिकाइराखेको छ । बालबालिकालाई कुपोषण तथा विभिन्न रोगबाट बचाउन आफ्नै खेतबारीमा उत्पादन गरेका गेडागुडी र सागसब्जीबाट जाउलो बनाउन सिकाउने गरेको सुआहाराले जनाएको छ ।

बालबालिकाको मानसिक विकास दुई वर्षभित्रमा ८० प्रतिशतसम्म वृद्धि हुने भएकाले बालबालिकाको शारीरिक र मानसिक वृद्धि विकासमा सन्तुलन होस् भनी जाउलो पकाउन सिकाइएको बताइएको छ । “आफ्नै बारीमा उत्पादित गेडागुडी तथा सागसब्जीबाट बनेको पोषिलो जाउलो आफ्ना सन्तानलाई खुवाइरहेका छाँै,” एक आमाले भन्नुभयो, “पहिले त बच्चाका लागि जाउलो कसरी तयार पार्ने भन्ने कुरा पनि थाहा थिएन ।”

अहिले गाउँपालिका–३ मा मात्र जाउलो पकाउन सिकाएको सुआहाराले क्रमिकरूपमा सबै वडामा यो कार्यक्रम लागू गरिने बताएको छ । सुआहाराले विगत पाँच वर्षदेखि भूमेका तीन वडामा कुपोषित बालबालिकाका लागि पोषण सामग्री पनि वितरण गर्दै आएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *