आफ्नो उपचारका लागि राज्यकोषबाट ४१ सांसदले लगे ६८ लाख

काठमाडौँ, १६ मंसिर । प्रतिनिधिसभा र राष्ट्रियसभाका ४१ सांसदले छ महिनामा स्वास्थ्य उपचार वापत ६८ लाख रुपैयाँ राज्यकोषबाट खर्च गरेका छन्। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई जेठदेखि कात्तिकसम्मको छ महिनामा ६८ लाख ४ हजार १ सय ८४ रुपैयाँ उपलब्ध गराइएको हो।

संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा ऐन २०७३ अनुसार सांसदहरूलाई चिकित्सा बोर्डको सिफारिसअनुसार सो रकम लगेका हुन्। सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले सांसदलाई उपलब्ध गराइएको औषधि उपचारबापतको रकम बिलभर्पाइ अध्ययन गरेर उपलब्ध गराइएको बताए।

संसद् सचिवालयका एक अधिकारीका अनुसार विगतको ६ सय १ सदस्यीय संसदको तुलनामा औषधि उपचारबापत रकम लिन आउने सांसदको संख्या न्यून रहेको छ। एकजना सांसदले २० लाख रुपैयाँसम्म रकम माग गरे पनि सचिवालयले नदिएको ती अधिकारीले जानकारी दिए। उनले भने, ‘पहिला सांसदले ल्याएका औषधि उपचारका बिलभपाइ अस्वीकृत गरेर पनि धेरै नै फिर्ता पठाइयो तर अहिले भने धेरै बिलभपाई अस्वीकृत गर्नुपरेको छैन।’

प्रतिनिधिसभामा कुल २ सय ७५ र राष्ट्रियसभामा कुल ५९ सदस्यीय गरी ३ सय ३० सदस्य रहेको संघीय संसदमा औषधी उपचारबापतको रकम लिने ४१ जना सांसदमध्ये महिला सांसद बढी छन्। प्रतिनिधिसभाका १७ जना र राष्ट्रियसभाका ७ जना गरी २३ जना महिलाले औषधि उपचारबापतको रकम लिएका छन्। उनीहरूमध्ये धेरैले ९ हजारदेखि तल १५ सयदेखि माथिको रकम लिएको पाइएको छ। तर एकजना राष्ट्रिक्षसभाकी सांसदले मात्र करिब साढे दुई लाख रुपैयाँ लगेकी छन्।

कसले  लगे ?
राष्ट्रियसभा सदस्य रहेकी शान्तिकुमारी जिसीले एकपटक ४८ हजार ८ सय ८९ र अर्कोपटक १ लाख ८४ हजार ४ सय ८० रुपैयाँ लगेकी छिन्। उनको मृगौलासम्बन्धी समस्याका कारण बिलभरपाइ बमोजिम नै सो रकम उपलब्ध गराइएको संसद सचिवालयले जनाएको छ।

प्रतिनिधिसभातर्फ सांसद आशाकुमारी विक, उमा रेग्मी, कल्याणीकुमारी खड्का, दिल कुमारी, नन्दा चपाई, प्रमिला राई, महेन्द्रकुमारी लिम्वु, विमला विश्वकर्मा, मैनाकुमारी भण्डारी, रंगमती शाही, रेनुका गुरुङ, बोधमायाकुमारी यादव, समिना हुसेन, सानु शिवा, विष्णु शर्मा, सीतादेवी यादव, ज्ञानकुमारी छन्त्याल रहेको छन्।

राष्ट्रियसभातर्फका महिला सांसदहरुमा कमलाकुमारी ओली, कविता वोगटी, प्रमिला कुमारी, मिना बुढा, विन्दादेवी आले राना, राष्ट्रियसभा उपाध्य शशीकला दाहाल, शान्तिकुमारी अधिकारी जिसी रहेका छन्। त्यसैगरी, राष्ट्रियसभाका ६ र प्रतिनिधिसभाका ११ गरी १८ जना पुरुष सांसदले औषधि उपचारको रकम लिएका छन्। पुरुष सांसदले ५ हजारदेखि माथि र ३० हजारदेखि मुनि छ।

औषधी उपचारबापतको रकम लिने राष्ट्रियसभका पुरुष सदस्यमा अगमप्रसाद वान्तवा राई, उदय शर्मा पौडेल, खिमकुमार विक, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, रामचन्द्र राई, सुरेन्द्रराज पाण्डे रहेका छन्। त्यस्तै, प्रतिनिधिसभाका सांसदमा गजेन्द्रबहादुर महत, घनश्याम खतिवडा, ध्रुवकुमार शाही, नवराज रावत, नन्दलाल रोका क्षेत्री, प्रकाश पन्थ, भीमवहादुर रावल, मानवबहादुर विश्वकर्मा, लीलानाथ श्रेष्ठ, यज्ञराज बोगटी, स्मृतिनारायण चौधरी रहेका छन्।

प्रतिनिधिसभाका सदस्यमध्ये मानबहादुर विश्वकर्माले तीनपटक औषधि उपचार खर्च लिएका छन्। उनले पहिलो पटक १९ सय ८६, दोस्रो पटक १३ सय २३ र तेस्रो पटक ५३ सय ३५ रुपैयाँ लिएका हुन्।

सांसद स्मृतीनारायण चौधरलिे पाँच पटक औषधि उपचार बापतको खर्च लिएका छन्। उनले पाँच पटकमा २४ हजार ८ सय ६४ रुपैंया लिएका छन्। सांसद नवराज रावतले तीनपटक औषधि उपचार बापतको रकम लिएका छन्। उनले १३ हजार ९ सय ५९ रुपैंया लिएका छन्।

  • आजको नागरिक दैनिकमा समाचार छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *