सङ्क्रामक रोगबाट चीनमा दुई हजारको मृत्यु

20
Shares

बेइजिङ, ९ मंसिर । सङ्क्रामक रोगका कारण चीनमा गत एक महिनामा दुई हजारभन्दा बढीको मृत्यु भएको छ ।

हालै सार्वजनिक भएको एक तथ्याङ्कअनुसार गत अक्टोबर महिनामा मात्रै सङ्क्रामक रोगका कारण दुई हजार १३८ जनाको मृत्यु भएको हो ।

राष्ट्रिय स्वास्थ्य आयोगलाई उद्धृत गर्दै हेल्थ न्युजले लेखेको समाचारमा अक्टोबरमा छ लाख चार हजार २८२ जनामा सङ्क्रमण देखिएको थियो । मृत्यु भएकामध्ये ९३ प्रतिशतको ख वर्गका सङ्क्रामक रोगहरु हेपाटाइटिस, क्षयरोग, सिफिलिस, गोनोरियाका कारण भएको आयोगको भनाइ छ ।

नोभेम्बर महिनामा हैजाका बिरामी एकजना मात्रै भेटिएका थिए । चीनमा हैजा र प्लेगलाई मुख्य सङ्क्रामक रोगको सूचीमा राखिएको छ । चीनमा क वर्गको सङ्क्रामक रोगमा हैजा र प्लेगलाई राखिएको छ । रासस/सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *