यी हुन् आगामी असार सम्ममा अनिवार्य अवकाश पाउने दशौँ र एघारौँ तहका स्वास्थ्यकर्मी

काठमाडौँ, १७ कात्तिक । कात्तिकको तेस्रो साता देखि असार मसान्त सम्म अर्थात चालु आर्थिक बर्षको पछिल्लो ८ महिनाको अवधीमा स्वास्थ्य सेवा तर्फका दशौँ र एघारौँ तहका १६ जना उमेर हदका अनिवार्य अवकाश पाउँदैछन् ।

तर, एक जना बरिष्ठ अधिकारीले भने अनिवार्य अवकाश पाउनु १० दिन अघि पदबाट राजिनामा दिएका छन् । राजिनामा बुझाउनेमा डा. विकास लामिछाने हुन् ।

स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाका निर्देशक रहेका डा.  लामिछाने पछिल्लो तीन महिना यता मन्त्रालयमा तानिएका थिए । उनले मन्त्रालयको नेतृत्वले लामो समय देखि पदिय जिम्मेवारी नदिएको कारण आफ्नो समय केही महिना बाँकी रहेपनि राजिनामा दिन बाध्य भएको बताएका थिए । तर, उनको अनिवार्य अवकाश आगामी २४ कात्तिकमा हुँदै थियो । मन्त्रालयले उनको राजिनामा स्वीकृतिको प्रक्रिया अघि बढाएको बताएको छ ।

डा. लामिछानेपछि अनिवार्य अवकाशको सूचीमा पशुपति होमियोपेथिका डाक्टर मोहम्मद सबिर खाँ रहेका छन् । दशौँ तहका उनले आगामी १ मंसिरबाट अनिवार्य अवकाश पाउँदैछन् ।

त्यसपछिको सूचीमा छन् डा.रामपरीक्षण यादव, एघारौँ तहका जहेसु उनी २ मंसिरमा अवकाश पाउँदैछन् । चौथो नम्बरमा छन् डा. दयाशंकरलाल कर्ण । प्रमुख मेसु जहेर एघारौँ तहका उनी आगामी ५ मंसिरबाट अनिवार्य अवकाशमा जाँदैछन् ।

बरिष्ठ जनरल फिजिसियनको रुपमा आफ्नो पहिचान बनाएका डा. अनिलकुमार मिश्र अनिवार्य अवकाश पाउने बरिष्ठहरुको सूचीको पाँचौ नम्बरमा परेका छन् । दशौँ तहका उनले आगामी १५ मंसिरदेखि अनिवार्य अवकाश हुँदैछन् । उनी लगत्तै बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक विनय मानन्धरले अवकाश पाउँदैछन् । दशौँ तहका उनी आगामी १६ मंसिरमा ६० बर्ष पुग्नेछन् र अवकाशमा जाने निजामती किताव खानाको विवरणमा उल्लेख छ । सोही महिनाको ३० गते बरिष्ठ औषधि व्यवस्थापक दशौँ तहकी भावा प्रधानले अनिवार्य अवकाश पाउनेछिन् ।

पुस र माघ महिनामा स्वास्थ्य सेवा तर्फबाट अवकाश पाउने बरिष्ठ अधिकारीहरु छैनन् । तर, फागुन महिनामा दशौँ र एघारौँ तहका बरिष्ठ अधिकारीहरु अनिवार्य अवकाशमा जाँदैछन् ।

हाल स्वास्थ्य मन्त्रालयमा कार्यरत बरिष्ठ जनस्वास्थ्य प्रशासक दशौँ तह गिरिराज सुवेदी १२ फागुनमा र हाल बीर अस्पतालको आकस्मिक सेवा प्रमुख रहेका प्रमुख मेसु जनरलिष्ट एघारौँ तहका डा. भोलाराम श्रेष्ठ ३० फागुनमा अनिवार्य अवकाश पाउँदैछन् ।

चैत महिनामा भने एकजना डा. जोत्सनाकुमारी मास्के एनेस्थेसियोलोजिष्ट मात्रै अवकाश पाउनेछिन् । एघारौँ तहकी उनी ४ चैतमा अवकाश पाउँदैछिन् ।

नयाँ बर्ष शुरु भएपछि अर्थात २०७६ बैशाख १५ मा हाल राष्ट्रि जनस्वास्थ्य प्रयोगशालाका निर्देशक रहेका डा. हरिषचन्द्र उप्रेती ६० बर्षे उमेरका कारण विदा हुँदैछन् । सोही महिनाको २९ गते प्रमुख मेसु जहेस एघारौँ तहका अर्का बरिष्ठ डाक्टर केशवराज भुर्तेल अवकाश पाउँदैछन् ।

यस्तै ५ जेठमा मेडिकल जनरलिष्टको रुपमा दशौँ तहका बरिष्ठ चिकित्सक सुशीलकुमार शाक्य विदा हुँदैछन् । सोही महिनाको २९ गते चितवनका प्रमुख कन्सलटेन्ट जनरल फिजिसियन डा विजयप्रसाद पौडेल( एघारौँ तह) ले विदा पाउँदैछन् ।

निजामती किताव खानाका अनुसार आगामी असार महिनामा सार्क क्षयरोग केन्द्रका निर्देशकका रुपमा कार्यरत एघारौँ तहका डा. राजेन्द्रप्रसाद पन्त र प्रमुख कन्सलटेन्ट जहेस डा. हरिवहादुर कार्की एघारौँ तहले अनिवार्य अवकाश पाउँदैछन् । उनीहरु क्रमश १५ र १६ असारमा अवकाश हुने कितावखानाको विवरणमा उल्लेख छ ।

को को ले पाउँदैछन् अनिवार्य अवकाश ?

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “यी हुन् आगामी असार सम्ममा अनिवार्य अवकाश पाउने दशौँ र एघारौँ तहका स्वास्थ्यकर्मी

  1. एक दिन जन्म लिए पछि मृत्यु निश्चित नै हो त्यस्तै नौकरी मा पसे पछि निस्कने पनि निसकने निश्चित नै हो। यस्मा कुनै दुख मानने कुरै छैन। उहाँ हरु को रिटायर्मेन्ट पछि जीवन सुखमय होस प्राथर्ना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *