नर्सको लाइसेन्स परीक्षाका लागि अनलाइनबाटै फारम भर्न सकिने, कसरी भर्ने फारम ?

292
Shares

काठमाडौँ, २१ असोज । नेपाल नर्सिङ परिषद्ले नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको फारम यसपटक देखि अनलाईनमार्फत भर्न सकिने व्यवस्था मिलाएको छ । परिषद्ले आफ्नो केन्द्रीय कार्यालयमा आएर घण्टौ लाइनमा उभिनुपर्ने झन्झट मुक्त गर्न यस्तो व्यवस्था मिलाएको जनाएको छ ।

परिषद्ले पहिलो पटक अनलाइनबाट फारम भर्ने नर्सहरुका लागि अलमल नहोस भन्नका लागि आफ्नो वेवसाइटमै भिडियो टुट्रयोल समेत अपलोड गरिदिएको छ । सो भिडियो हेरेर फारम भर्ने विद्यार्थीहरुले घरमै बसीबसी अनलाइन फारम भर्न सक्दछन् ।

परिषद्ले आगामी ८ मंसिरमा लिने २० औँ लाइसेन्स परीक्षाका लागि अनलाइनमार्फत फारम लिने व्यवस्था मिलाएको जनाएको छ । अनलाइन फारम भर्ने म्याद १४ असोज देखि खुलिसकेको छ । परिषद्ले यसको म्याद १२ कात्तिक सम्म र दोब्बर दस्तुर तिरि १८ कात्तिक सम्म तोकेको छ ।

फारम कसरी भर्ने हेरौँ भिडियो

https://youtu.be/OCfhiAZwaU0

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *