एमबीबीएस लगायतका कुनै विषयमा भर्ना नलिन आइओएमलाई सर्बोच्चको अन्तरिम आदेश

काठमाडौँ, १७ असोज । सर्वोच्च अदालतले एमबीबीएस लगायत कुनै पनि स्नातक तहका कार्यक्रममा भर्ना लगायतका प्रकृया अघि नबढाउन त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)का नाममा अन्तरिम आदेश दिएको छ । गत ६ देखि ८ असोजसम्म आइओएमले एमबीबीएस, बीडीएस लगायतका विभिन्न विषयमा परीक्षा लिएको थियो ।

सो प्रवेश परीक्षाको नतिजामा प्रश्न उठाउँदै परीक्षार्थीहरुद्धारा दायर रिटमा आज सुनुवाई गर्दै सर्बोच्चले आज आइओएमका नाममा अन्तरिम आदेश दिएको हो ।

परीक्षार्थी रेश्मा बानिया लगायतका विद्यार्थीले आइओएमको प्रवेश परीक्षाको नतिजामा अनियमितता गरिएको भन्दै आइएओमविरुद्ध दायर गरेको रिटमा न्यायाधीश दिपकराज जोशीको इजलासले मुद्दाको किनारा नलागेसम्म कुनै प्रक्रिया अघि नबढाउन आदेश दिएको हो । रिटमाथि डा. मनोजकुमार शर्मा, नवराज थपलिया, भक्तिराम घिमिरे र हरिप्रसाद मैनालीले बहस गरेका थिए ।

अन्तरिम आदेशमाथि थप छलफल गर्न सर्बोच्चले २१असोजका दिन दुवै पक्षलाई बोलाएको छ ।

यो मुद्दाको किनारा नलागेसम्म आइओएमले एमबीबीएस, बीडीएस, बीपीएच लगायतका बिधामा भर्ना प्रक्रिया अघि बढाउन पाउने छैन ।

आइओमले ६ असोजमा एमबीबीएस, ७ असोजमा बीडीएस र ८ असोजमा बीपीएचको प्रवेश परीक्षा लिएको थियो । परीक्षामा १६ हजार बढी परीक्षार्थी सहभागी थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *