नक्कली शैक्षिक योग्यताको आधारमा जागिर खाएको भन्दै स्वास्थ्यका कर्मचारीमाथि भ्रष्टाचार मुद्धा

काठमाडौँ, १७ असोज । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाई भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय जुम्लामा परिवार नियोजन सुपरभाईजर पदमा कार्यरत देवबहादुर सुवेदीविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

अख्तियारले सुवेदीले माध्यमिक शिक्षा परिषद् उत्तरप्रदेश, भारतबाट प्राप्त गरेको इन्टरमिडियट तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी परिवार नियोजन सहायक पदमा नियुक्ति लिई बढुवा समेत भई लाभ लिएको अरोप लगाएको छ ।

अख्तियारले सुवेदीमाथि भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ अनुसारेको कसुर देखिएको भन्दै निवारण ऐन २०१७ को दफा १२ र २९ (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ उपदफा १ बमोजिम सजाय हुन माग दावी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको सहायक प्रवक्ता मदन कोइरालाले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *