नयाँ नेतृत्वका लागि जनस्वास्थ्य संघको मतदान शुरु, आजै परिणाम आउन सक्ने

736
Shares
काठमाडौँ मतदान केन्द्र टेकु

काठमाडौँ, १३ असोज । नयाँ नेतृत्वको लागि नेपाल जनस्वास्थ्य संघको मतदान शुरु भएको छ । विहान ८ बजे देखि ८ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भईरहेको छ । विहान १० बजेसम्म करीब १५ प्रतिशत भोट खसिसकेको निर्वाचन समितिले जनाएको छ ।

कुल १ हजार ५८९ मतदाता रहेको संघमा नेकपा निकट प्रगतिशील समूह र नेपाली कांग्रेस निकटको पेशागत समूह बीच चर्को प्रतिस्पर्धा देखिएको छ ।

मतदानका लागि अपरान्ह ५ बजेसम्मका लागि समय तोकिएको छ । त्यस लगत्तै मतदान गणना हुने र आजै मतपरिणाम सार्वजनिक हुने जनाइएको छ । ६ बजे तिरबाट उपत्यका बाहिरका मतदान केन्द्रको गणना हुने र करीब ८ बजेपछि उपत्यका भित्रको गणना शुरु गर्ने योजनामा निर्वाचन समिति लागेको छ ।

मतदानपछि तस्विर खिचाउँदै पेशागत र प्रगतिशील समूहका दुई उम्मेद्धवार बायाँबाट क्रमश श्रीकृष्ण भट्ट र डा मोहनकृष्ण श्रेष्ठ

निर्वाचन हुने समय एकदमै नजिक भएका बेला निर्वाचन रोक्ने सहमति भएको भन्दै जिल्ला प्रशासन कार्यालयले पत्र पठाएपछि हिजो विहानसम्म मतदानबारे अन्योल भएको थियो । तर हिजो दिउसोको सर्वपक्षीय बैठकले चुनाव निर्धारित मितिमै गर्ने निर्णय गरेपछि आजको मतदान सम्भव भएको हो ।

मतदानका लागि सात वटै प्रदेश राजधानी सहित उपत्यकामा थप एउटा केन्द्र थपिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *