अत्यावश्यक औषधि नहुँदा केन्द्रमा मिर्गौला प्रत्यारोपण रोकियो

काठमाडौँ, १० असोज । एन्टी थाइमोसाइट ग्लोभिन (एटीजी) नामक औषधि अभाव हुँदा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण रोकिएको भएको छ । औषधि अभाव नहुँदासम्म प्रत्यारोपण केन्द्रले सातामा ७ देखि ९ वटासम्म मिर्गौला प्रत्यारोपण गर्दै आएको थियो ।

केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले औषधि अभावकै कारण पछिल्लो दुई साता देखि प्रत्यारोपण रोकिएको बताए । उनले अझै कति दिन अभाव हुने हो भन्ने एकिन भई नसकेको बताए ।

इम्युनिटी घटाउने काममा प्रयोग हुने औषधि एटीजी प्रत्यारोपणका गरेको दिन र त्यसपछिको दुई दिनसम्म विरामीलाई दिइने गरिन्छ । स्विजरल्याण्डमा बनेको औषधि भारतमा समेत अभाव हुँदा नेपालको स्वास्थ्य सेवामा समेत समस्या परेको हो ।

‘स्विजरल्याण्डमा बनेको औषधि हो । भारत हुँदै नेपालमा आउने गर्दथ्यो । तर सप्लायर्सले अहिले भारतमा समेत अभाव भएको बताएको छ । त्यसैले अलिकति समस्या देखिएको हो,’ डा. श्रेष्ठले भने ।

उनले एटीजीको सट्टामा प्रयोग हुने बैकल्पिक औषधि सिमिल्याक्ट समेत अहिले नहुँदा समस्या परेको बताए । स्विजरल्याण्डमै बनेको औषधिको भण्डारण मापदण्ड नपुगेको भन्दै अहिले यो औषधि नेपालमा आउन छाडेको छ ।

‘अरु केही हप्ता जान्छ कि भन्ने छ । एन्टी थाइमोसाइट ग्लोभिन (एटीजी) औषधि प्रत्यारोपणको लागि चाहिने औषधि हो । त्यो औषधि नेपालमा अभाव त भयो भयो भारतमा समेत अभाव भएको छ ।

विकल्पको रुपमा अर्को औषधि सिमिल्याक्ट आइएलटी व्लकर प्रयोग हुन्थ्यो तर अहिले त्यो पनि उपलव्ध छैन ।  ‘ कम्पनीले नै त्यो औषधि ल्याउन दिएको छैन । स्टोरेजको समस्या छ भनेर,’डा. श्रेष्ठले भने

पाँच बर्षमा पाँच सय जनाको प्रत्यारोपण, एक बर्षमै १५३ जनाले गराए
प्रत्यारोपण केन्द्रमा सेवा सञ्चालनमा आएको पाँच बर्षमा पाँच सय जनाको प्रत्यारोपण भएको छ । केन्द्रले गतवर्ष मात्रै १५३ जनाको प्रत्यारोपण सफल रुपमा भएको जनाएको छ ।

केन्द्रका निर्देशक भन्छन्, ‘संसारकै नामुद मानिएका प्रत्यारोपण केन्द्रमा पनि यो भन्दा धेरै प्रत्यारोपण हुँदैन् । त्यसैले केन्द्रले गरेको यो प्रत्यारोपण भनेको ठूलो सफलता हो ।

निर्देशक डा. श्रेष्ठले अहिले चार सय जना प्रत्यारोपणको लिष्टमा रहेको । ५० जना बढीले कागजी प्रक्रिया सबै सकेर तयारी अवस्थामा रहेको र अरु चार सय बढी डायलासिसमा रहेको बताए । उनले भने, ‘त्यसैले अहिले प्रत्यारोपण केन्द्रमा १५ बढी विरामीको प्रत्यक्ष भार परेको छ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *