साढे तीन महिनामै फेरिए भेरी अञ्चल अस्पतालको मेसु, डा. थापा गए डा. अधिकारी आए
काठमाडौँ, ८ असोज । सरकारले साढे तीन महिनामै भेरी अञ्चल अस्पतालको मेडिकल सुपरीटेन्डेन (मेसु) फेरेको छ । उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै मेसु भेरी अञ्चल अस्पतालको मेसुमा डा रुपानन्द अधिकारी नियुक्ति गर्ने निर्णय गरेका हुन् ।
गत १६ जेठमा तत्कालिन स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीले भेरी अञ्चल अस्पतालको मेसुमा डा प्रकाश थापालाई नियुक्त गरेका थिए ।
स्वास्थ्य मन्त्री यादवले शुक्रबार नै भरतपुर अस्पतालका मेसु समेत परिवर्तन गरेका थिए । भरतपुरमा साढे तीन महिना अघि मेसु बनेका डा रविन खड्कालाई हटाएर उनको ठाँउमा डा कृष्णप्रसाद पौडेललाई नियुक्त गरेका थिए ।
डा. थापा र डा. खड्का एकै दिन मेसु बनेका थिए ।
सम्पर्क इमेल : [email protected]