जिल्ला स्वास्थ्य कार्यालयको संरचना अब यथावत, विभाग खारेज गर्ने तयारी
काठमाडौँ, ४ असोज । जिल्लाका स्वास्थ्य जनस्वास्थ्य कार्यालय खारेज गरी ३५ वटा प्रदेश स्वास्थ्य कार्यालय खोल्ने निर्णय गरिसकेको स्वास्थ्य मन्त्रालय ‘व्याक’ हुने भएको छ । मन्त्रालयले अहिलेसम्म रहेको जिल्ला स्वास्थ्य कार्यालयको संरचना यथावत राख्ने तयारी गरेको छ । यद्धपी नाम भने परिवर्तन हुनसक्ने मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।
संघीय संरचनामा जाँदै गर्दा स्वास्थ्यका इकाई र दरबन्दीको विषयमा व्यापक विवाद भएको थियो । सो विवाद सुल्झाउन र संरचनाको पुनरावलोकन गर्न मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलको संयोजकत्वमा एक उच्चस्तरीय कार्यदल बनेको थियो । सोही कार्यदलले जिल्लाको संरचना राख्ने निर्णय गरेको हो ।
‘जनतालाई सकेसम्म सहज र छरितो रुपमा स्वास्थ्य सेवा दिने भन्ने सरकारको उदेश्य हो । तर दुई जिल्ला तीन जिल्ला गाभेर नयाँ संरचना बनाउँदा सेवामा झनै अलमल देखिने भयो । त्यसैले अब हरेक जिल्लामा कार्यालयहरु रहने गरी प्रस्ताव अघि बढाएका छौँ । त्यसमा नाम र दरबन्दीमा केही परिवर्तन हुन पनि सक्छ,’ प्रमुख विशेषज्ञ डा. प्याकुरेलले भने ।
स्वास्थ्य सेवा विभाग खारेज गर्ने तयारी
यसैबीच मन्त्रालयले स्वास्थ्य सेवा विभागको हालको संरचना समेत परिवर्तन गर्ने योजना अघि बढाएको छ । ‘अहिले केन्द्रमा विभाग, त्यस अन्तरगर्त महाशाखा, फेरी प्रदेशमा निर्देशनालय, फेरी जिल्लामा कार्यलय रहनु भन्दा आवश्यक महाशाखा राखेर विभाग चाहि हटाउने प्रस्ताव अघि बढदैछ । यस सम्वन्धी प्रस्ताव छिटै अघि बढदैछ,’ मन्त्रालय स्रोतले भन्यो ।
प्रमुख विशेषज्ञ डा प्याकुरेलले भने सबै संरचना परिवर्तन हुँदै गर्दा विभागको संरचनामा पनि केही परिवर्तन हुनसक्ने संकेत गरे । उनले भने ‘विभाग नै हटाउने वा नहटाउने भन्नेमा हामी पुगिसकेका छैनौँ । तर दोहोरो काम हुने गरी संरचना किन राख्नुपरयो भन्नेमा छौँ । त्यसैले विभागमा १२ औँ तहको महानिर्देशक राख्ने व्यवस्था नहुन सक्छ । केही परिवर्तन हुनसक्छ । तर अहिले यहि नै भनेर भन्ने अवस्थामा छैनौँ । हामी होमवर्क गर्दैछौँ ।’
सम्पर्क इमेल : [email protected]
First of all do situational analysis and please set the principals on which basis you are restructuring at ur wish ,ministers wish or so called experts .
Health service delivery to all nepalies people in present context (federal system) is a prim objectivec
Then ask urself why you are doing restructuring .
Dr L.R Pathak
स्वास्थ्य क्षेत्रका हालसम्म प्राप्त उपलब्धिकाे रक्षा गर्ने हाे र स्वास्थ्य क्षेत्रकाे विगत एक वर्षको बेथिति अन्त्य गर्ने हाे भने स्वास्थ्य संरचनालाई स्थानीय तहकाे मातहत हाेइन संघीय सरकार कै मातहत राख्नु उपयुक्त हुन्छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई असक्षम अनुभवहीन कर्मचारी तथा ढुङ्गा गिट्टीलाई मात्र विकास ठान्ने जनप्रतिनिधिको जिम्मा दिने हाे भने अबको केही वर्ष मै स्वास्थ्य स्थिति झन नाजुक बन्ने निश्चित छ । यसतर्फ नीति निर्माताकाे ध्यान जान जरुरी छ । त्यसैले गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितताकाे लागि संघीय सरकार कै मातहत रहने गरी स्वास्थ्य क्षेत्रकाे संगठन संरचना बन्नु पर्छ भन्ने हामी जस्ता दुरदराजमा सेवा दिने स्वास्थ्यकर्मीकाे एकवर्षकाे अनुभव रहेको छ ।