चिकित्सक, नर्स तथा औषधि व्यावसायी सहित २८ जनाले पाउने भए राष्ट्रपतिबाट पदक

8.0k
Shares

काठमाडौँ, ३ असोज । संविधान दिवसको अवसरमा स्वास्थ्य क्षेत्रका २८ जना व्यक्ति राष्ट्रपतिबाट प्रदान हुने विभिन्न मानपदवी अलंकार तथा पदकबाट विभूषित हुने भएका छन् ।  विभुषित हुनेहरुमा २६ जना चिकित्सक क्षेत्रबाट एक जना नर्स र एक जना औषधि व्यावसायी छन् ।

गृहमन्त्रालयले आज सार्वजनिक गरेको नामावली अनुसार न्याम्सका पूर्व उपकुलपति प्राडा गणेश गुरुङ सहित १३ जना सुप्रवल जनसेवा श्री तृतीय श्रेणी, बीर अस्पतालका प्राडा भुपेन्द्रकुमार बस्नेत सहित १२ जना प्रवल जनसेवा श्री (चतुर्थ श्रेणी) पदकबाट विभुषित हुने भएका छन् ।

देउराली जनता फर्मास्यूटिकल्स कम्पनीका हरिभक्त शर्मा र जिल्ला अस्पताल दाङ की नर्सिङ निरीक्षक राधा पौडेल समेत पदक पाउनेको सूचिमा अटाएका छन् ।

कसलाई कुन पदक ?

सुप्रवल जनसेवा श्री तृतीय श्रेणी  

१.  प्राडा गणेशबहादुर गुरुङ – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)
२. प्राडा राजेन्द्रप्रसाद कोजु  – अस्पताल प्रमुख धुलिखेल अस्पताल
३. डा आशा सिंह – नेपाल प्रहरी अस्पताल
४.  दुर्गा लक्ष्मी श्रेष्ठ –  अस्पताल नर्सिङ प्रशासक भेरी अञ्चल अस्पताल
५. डा गणेशकुमार राई – निर्देशक कान्तिबाल अस्पताल
६. डा हरिहर वस्ती – फरेन्सिक विशेषज्ञ त्रिवि शिक्षण अस्पताल
७. डा धर्मकान्त बास्कोटा – अध्यक्ष नेपाल मेडिकल काउन्सिल
८. डा प्रताप नारायण प्रसाद – क्याम्पस प्रमुख महाराजगञ्ज मेडिकल कलेज
९. डा ओममुर्ति अनिल – मुटुरोग विशेषज्ञ
१०. डा रामप्रसाद पोखरेल (आँखा विशेषज्ञ)
११. प्राडा पशुपति चौधरी – ( विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान)
१२. डा गिता गुरुङ – (त्रिवि शिक्षण अस्पताल )
१३. हरिभक्त शर्मा – देउराली जनता फर्मास्युटिकल्स

प्रवल जनसेवा श्री (चतुर्थ श्रेणी)

१. डा. रोशन न्यौपाने ( मेसु जिल्ला अस्पताल म्याग्दी)
२. डा सगुन जोशी ( आँखा विशेषज्ञ त्रिवि शिक्षण अस्पताल)
३. डा फणिन्द्रप्रसाद बराल ( जिल्ला अस्पताल धनकुटा)
४. डा दिलीप शर्मा – रजिष्टार नेपाल मेडिकल काउन्सिल
५. प्राडा भुपेन्द्रकुमार बस्नेत, निर्देशक बीर अस्पताल
६. डा निलिजा शाक्य मन्थली प्राथमिक स्वास्थ्य केन्द्र रामेछाप
७. डा पवनकुमार कर्ण चिकित्सक विराटनगर
८. डा दीपक श्रेष्ठ चिकित्सक काठमाडौँ
९. डा रामथापा क्षेत्री ( चिकित्सक)
१०. डा दृष्टिराज्य लक्ष्मी शाह बीरेन्द्र अस्पताल छाउनी
११. डा प्रविन नेपाल नेपाल एपीएफ अस्पताल
१२. राधा पौडेल अस्पताल नर्सिङ निरीक्षक जिल्ला अस्पताल दाङ

परम पौरख भास्कर
१. डा. गोपाल महर्जन – बीरेन्द्र शैनिक अस्पताल

अति पौरख भास्कर
१. डा. मुन थापा – बीरेन्द्र शैनिक अस्पताल

प्राकृतिक प्रकोप पीडितोद्धार पदक
१. डा. सुमना थापा – फिल्ड अस्पताल इटहरी

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *