नेपाल जनस्वास्थ्य संघको निर्वाचनमा ५५ जनाले दिए उम्मेद्धारी
काठमाडौँ, ३० भदौ । आगामी १३ असोजमा हुने नेपाल जनस्वास्थ्य संघको निर्वाचनको लागि ५५ जनाको उम्मेद्धवारी परेको छ । संघको निर्वाचन गराउन गठित केन्द्रीय निर्वाचन समितिले आज उम्मेद्धवारको सूची प्रकाशित गदै सो जानकारी दिएको हो ।
निर्वाचन समितिका अनुसार अध्यक्षमा डा मोहनकृष्ण श्रेष्ठ र डा श्रीकृष्ण भट्टको उम्मेद्धवारी परेको छ । उपाध्यक्षमा कृष्णमान शाक्य, सुदर्शन पौडेल र बसन्त अधिकारी महासचिवमा अनिल सिग्देल, महेश्वर श्रेष्ठ, डा झलक शर्मा गौतम र चित्रजंग शाहीको उम्मेद्धारी परेको छ ।
यस्तै सचिवमा दीपेन्द्र खडका, भानु पौडेल, रामानन्द पन्डित, रामकुमार श्रेष्ठले उम्मेद्धवारी दिएका छन् ।
उम्मेद्धवारहरुको विवरण यसप्रकार छ