डेन्टल एशोसिएशनको निर्वाचन आज उपत्यकामा, तीन जनाबीच चर्को प्रतिस्पर्धा

काठमाडौँ, ३० भदौ । नेपाल डेन्टल एशोसिएशन(एनडिए) को नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन आज काठमाडौंमा हुँदै छ। निर्वाचन भृकुटीमण्डपस्थित पुलिस क्लवमा हुने छ। बिहान ९ बजे देखि ४ बजेसम्म मत खसाल्ने समय तोकिएको छ।

यसअघि गत २३ भदौमा एसोसिएशनको शाखा रहेका उपत्यका बाहिरको १० स्थानमा निर्वाचन भईसकेको छ । आज उपत्यकाको मतदान पछि मतगणना हुनेछ ।

एनडिएको अध्यक्ष पदका लागि ३ जना चुनावी मैदानमा उत्रिएका छन् ।  अध्यक्षमा डा. सेन्छेमा लिम्बु, डा. प्रविन्द्र अधिकारी र डा. सुभित मास्के चुनावी मैदानमा छन्।

डा. लिम्बु कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटलमा बालदन्त विभागकी एसोसिएट प्रोफेरस हुन् । डा.अधिकारी जनरल प्राक्टिसनर हुन् । उनले जाउलाखेलमा ३२ स्माइल क्लिनिक खोलेका छन् । अध्यक्षका अर्का प्रतिस्पर्धी डा. मास्के त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका दन्त चिकित्सक हुन् । उनको विशेषज्ञता प्रोस्थोडोन्टिक्समा हो ।

अर्का प्रतिस्पर्धी डा. मास्केले डेन्टल डाक्टरको दरबन्दी देखि बजारमा भए गुणस्तरीय दन्त सेवासम्मको कुरा आफ्नो प्रमुख अजेण्डा भएको बताए । उनले भने, ‘यति धेरै डाक्टर उत्पादन भइसकेका छन् । तर सरकारले दरबन्दी खोल्न मानिरहेको छैन । मेरो एजेन्डा त्यसमा केन्द्रीत त छ त्यसबाहेक गुणस्तरीय दन्त सेवा हुनुपर्छ भन्ने अर्को मुख्य एजेन्डा हो ।’

अर्का प्रतिस्पर्धी डा. प्रविन्द्र अधिकारी डेन्टल क्षेत्रमा बढदै गएको विकृतिलाई तथा अस्तव्यस्ततालाई हटाउने आफ्नो अजेन्डा भएको बताउँछन् । ‘हामीकहाँ रिफरल सिस्टम ठिक छैन, डाक्टर डाक्टर बीच नै पनि हार्दिकता छैन । डाक्टर बाहेकका व्यक्तिहरु धमाधम दन्त उपचारमा आइरहेका छन् । ती कुराहरुलाई पनि समेटनुपर्नेछ । मैले चुनावी अजेन्डा यिनै इस्युमा केन्द्रीत गरेको छु,’ डा. अधिकारीले भने ।

तीनै जना उम्मेद्धारले कडा प्रतिस्पर्धाकाबीच आफूले बाजी मार्ने दावी गरेका छन् । उनीहरुले जितको आधार आफ्ना अजेण्डालाई मानेका छन्

कुल १४४३ जना सदस्य रहेको एशोसिएशनको चुनाव पाँच पदाधिकारी र ४ जना सदस्य ९ वटा पदका लागि हो । तर, महासचिव र उपाध्यक्ष निर्विरोध भइसकेका छन् ।

को को छन् उम्मेद्धार ?

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *