फोरम स्वास्थ्यकर्मीका अध्यक्षले च्याते जिल्ला पठाउन लागेको सरुवाको चिठी

11.5k
Shares

काठमाडौँ, २४ भदौ ।  मधेशी स्वास्थ्यकर्मी फोरमका अध्यक्ष बालकिशोर यादवले स्वास्थ्य सेवा विभागले तयार गरेको ३० वटा चिठी नियन्त्रणमा लिई च्यातेका छन् । सरुवाप्रति असन्तुष्ठ जनाउँदै विभाग पुगेका यादवले जिल्ला पठाउने तयारीमा रहेको तीसवटा भन्दा बढी चिठी उपसचिव महेश पाण्डेसंग खोसेर च्यातेका हुन् ।

विभाग स्रोतका अनुसार घटना आज दिउसो करीब साढे दुई बजेको तिरको हो । सरुवामा मनपरी गरेको, पार्टीगत गरेको, आर्थिक चलखेल गरेको आरोप लगाउँदै विभागमा छिरेको यादव नेतृृत्वको टोलीले महानिर्देशक डा गुणराज लोहनीलाई नभेटेपछि उपसचिव पाण्डेको कोठामा छिरेको थियो । त्यहाँ केहीबेर भनाभन भएपछि जिल्ला पठाउने तयारीमा रहेको चिठी नियन्त्रणमा लिएर च्यातेको हो ।

‘सरुवाको बारेमा उहाँहरुले चर्को असन्तुष्ठी व्यक्त गर्नुभयो, विभाग नेतृत्वको चर्को विरोध गर्नुभयो, अनि जिल्ला पठाउने तयारीमा रहेको केही चिठी थियो त्यो नियन्त्रणमा लिएर च्यात्नुभयो र अर्धकट्टी समेत लिएर हिड्नुभयो,’ विभाग स्रोतले भन्यो ।

यसबारेमा अध्यक्ष यादवको प्रतिक्रिया लिने नेपाली हेल्थको प्रयास भने सफल हुन सकेन ।

गत १७ भदौमा गरिएको १६२० जनाको सरुवामा भद्रगोल भएको भन्दै विभिन्न स्वास्थ्यकर्मी संगठनहरुले विरोध जनाउँदै आएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

2 thoughts on “फोरम स्वास्थ्यकर्मीका अध्यक्षले च्याते जिल्ला पठाउन लागेको सरुवाको चिठी

Leave a Reply

Your email address will not be published. Required fields are marked *