सिंहदरबारको नि:शुल्क स्वास्थ्य शिविरमा इको र इसीजी गराउनेको भीड

काठमाडौँ, २२ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा सिंहदरबारमा स्थापना भएको हेल्थ डेस्क निजामती कर्मचारीलाई लक्षित गरी दुई दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो । निजामती दिवसको अवसरमा विहीरबार र शुक्रबार ( हिजो र आज) आयोजित उक्त शिविरमा २६० जना कर्मचारीले स्वास्थ्य परीक्षण गराएका छन् ।

सिंहदरबार हेल्थ डेस्क इन्चार्ज दीपक मुडभरीका अनुसार शिविरमा आउने सबैले सुगरको जाँच गराएका छन् । परीक्षणमा आएका मध्ये १३० जनाको इको र १६२ जनाको इसिजि गरिएको छ । व्लड सुगर जाँच गराउनेको संख्या भने २६० रहेको थियो ।

शिविरका लागि वीर अस्पताल, गंगालाल अस्पताल र मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरबाट विशेषज्ञ चिकित्सक खटिएका थिए । परीक्षणका क्रममा २० जना मधुमेहका र ३० जना उच्च रक्तचापका नयाँ विरामी फेला परेको मुडभरीले बताए ।

सिंहदरबार भित्रका कर्मचारीलाई इमरजेन्सी सेवा दिने उद्धेश्यले १५ फागुन स्थापना भएको हेल्थ डेस्कले हालसम्म १ हजार ५ सय बढी कर्मचारीको स्वास्थ्य परीक्षण गरेको छ । सो हेल्थ डेस्क स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा सञ्चालित छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *