‘हिजोको सरुवामा रमाना दिदैनौँ’ भन्दै प्रदेशले लेख्यो विभागलाई पत्र

काठमाडौँ, २०भदौ । प्रदेश नम्बर ७ ले दरबन्दी रिक्तहुने गरी सरुवा भएका कर्मचारीलाई रमाना नदिने बताएको छ । स्वास्थ्य सेवा विभागले हिजो सचिवस्तरीय निर्णय अनुसार भन्दै चौथो पाँचौ र छैटौ तहका १६२० जना स्वास्थ्यकर्मी कर्मचारीको काज सरुवा गरेको थियो ।

प्रदेश नं ७ को स्वास्थ्य सेवा निर्देशनालयले आज स्वास्थ्य सेवा विभागलाई पत्र लेखि हिजो गरिएको सरुवाको पूर्ण कार्यान्वनय गर्न नसकिने स्पष्ट पारेको छ । निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीद्धारा हस्ताक्षरित पत्रमा सबैभन्दा धेरै प्रदेश नम्बर ७ बाट कर्मचारी अरु प्रदेशमा गएको र यसले आफ्नो प्रदेशको स्वास्थ्य सेवा सञ्चालन गर्न निकै बाधा पर्ने उल्लेख छ ।

उक्त पत्रमा सरुवा गरिएका हरेक पदमा ती पदहरु पूर्ति नहुँदासम्म आफ्नो प्रदेशका कर्मचारीलाई अन्यत्रका लागि रमाना नदिने स्पष्ट पारेको छ ।

पत्रमा अगाडी भनिएको छ, ‘अहिले नै यस प्रदेशमा चौथो देखि ११ औँ तहसम्मका एक सय भन्दा बढी दरबन्दी रिक्त रहेको छ । त्यसमाथि हिजो सरुवामा धेरै स्वास्थ्यकर्मीहरु प्रदेश बाहिर र केही मात्रै प्रदेश भित्र सरुवा गरिएको छ । यसले स्वास्थ्य सेवामा थप असर पुग्दछ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, ७ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालय, ७ नम्बर प्रदेशको पालिका तथा जिल्ला स्वास्थ्य जनस्वास्थ्यलाई बोधार्थ दिइएको उक्त पत्रमा मातहतका स्थानीय निकायलाई बाहिर जाने कर्मचारीलाई रमाना नदिन भनिएको छ ।

बाहिरबाट आफ्नो प्रदेशमा आएका स्वास्थ्यकर्मीलाई भने निर्देशनालयमा सम्पर्क गर्न नभिएको छ ।

नेपाली हेल्थसंग कुरा गर्दै ७ नम्बर प्रदेश निर्देशनालयका प्रमुख डा. अवस्थीले हिजोको सरुवामा कतिपय स्वास्थ्य सस्था सञ्चालन नै हुन नसक्ने गरी कर्मचारी सरुवा गरिएको बताए । उनले भने, ‘एउटा बर्थिङ सेन्टरमा दुई अनमी थिए । दुबैको सरुवा भएछ । अव त्यो सेन्टर के गर्ने, एउटा दरबन्दी भएको ठाँउमा ५ जना सरुवा भएर आएका छन् तिनीहरुलाई के गर्ने ? नियुक्तिी भएको २ बर्षसम्म सरुवा हुन पाइदैन तर हिजोको लिष्टमा एक स्वास्थ्यकर्मी ७ महिनामै सरुवा भएको पाइयो ।’

डा. अवस्थीले सात नम्बर प्रदेशका सरकार र स्थानीय पालिकाका प्रमुखहरुसंग सल्लाह गरेरै निर्णय लिएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *