‘के सरकारलाई दुई तिहाईको मात चडेकै हो ?’ : डा. बसन्त पन्त

1.9k
Shares

काठमाडौँ, १७ भदौ ।  बरिष्ठ न्युरो सर्जन डा. बसन्त पन्तले सरकारका सञ्चालकलाई दुई तिहाईको मात चडेको आरोप लगाएका छन् । उनले दुई तिहाईको मातबाट बाहिर निस्कन आग्रह समेत गरेका छन् ।

मुलुकी अपराध (संहिता) ऐन – २०७४ को विरोधमा नेपाल चिकित्सक संघले बानेश्वरमा आयोजना गरेको कोण सभालाई सम्वोधन गर्दै उनले नेपालको स्वास्थ्य क्षेत्रलाई अघि बढाउन धेरै महत्वपूर्ण काम गर्नु पर्ने अहिले जरुरी रहेको भन्दै डाक्टरहरुलाई अल्मल्याउने कार्य नगर्न चेतावनी दिए ।

उनले उट्पट्याङ कानुन ल्याउन प्रोत्साहन गर्ने सरकारका सल्लाहकार भुमिका समेत राम्रो नदेखिएको बताए । हामी अहिले यहाँ भए पनि सबै डाक्टरको मन आफ्ना विरामीहरुमै पुगेको भन्दै डाक्टरको सम्वेदनशीलतामा प्रश्न नउठाउँन आग्रह गरे ।

लापरवाही गर्नेलाई छुट दिने पक्षमा कोही डाक्टर नभएको भन्दै अहिलेको कानुनले जोखिम मोलेर उपचारमा सहभागी हुने डाक्टरलाई अपराधीकरार गर्न खोजेको भन्दै आफूहरुको विरोध रहेको बताए ।

सम्वोधनमा उनले के भने हेरौँ भिडियो

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *