डाक्टरको लागि भनिएपनि यो कानुनले असर पर्ने त विरामीलाई नै हो नि : डा. केसी (भिडियो सहित)

1.3k
Shares

काठमाडौँ, १७ भदौँ । मुलुकी अपराध (संहिता) ऐन २०७४ को विरोधमा नेपाल चिकित्सक संघले आज आयोजना गरेको कोण सभामा बक्ताका रुपमा थिए डा. गोविन्द केसी ।

चिकित्सा शिक्षा सुधारका लागि पन्धौँ पटक अनसन बसेका डा केसी यसपटक सरकारले जारी गरेको नयाँ मुलुकी ऐनको इलाज सम्वन्धी महलका बारेमा आफ्ना धारणा राख्न प्रस्तुत भएका थिए ।

उनको धारणा जस्ताको तस्तै :
चिकित्सक र स्वास्थ्यकर्मीको विरुद्धमा ल्याइएको भनिएपनि यो कानुनले अन्तत विरामीलाई नै असर गर्दछ । किनभने यो कानुन यस्तो बनाइएको छ कि कोही पनि व्यक्तिलाई उपचार चित्त बुझेन भने डाक्टर विरुद्ध उजुरी गर्न पाउँछ र डाक्टरमाथि छानवीन हुनु अघि नै जेल जानुपर्छ । अर्को कुरा डाक्टरले लापरवाही अर्थात वदनियत पूर्ण उपचार गरयो भनेर छानवीन गर्ने विज्ञ समूह समेत छैन ।

यस्तो अवस्थामा डाक्टरले कसरी जोखिम मोलेर उपचार गर्ला ? मनमा म जेल पो जानुपर्ने हो कि भनेर डराई डराई उपचार गर्नु भन्दा उ रिफर गर्न तर्फ लाग्छ । एक ठाँउबाट मात्रै होइन हरेक ठाँउका डाक्टर तथा स्वास्थ्यकर्मीहरु रिफर हुन बाध्य हुन्छन् ।

यसले विरामीलाई उल्टै असर गर्छ । यो कानुनले डाक्टर र विरामीबीचको सम्वन्ध त चिसिन सक्छ नै, उपचारका लागि विदेश जानुपर्ने अवस्था सिर्जना हुनसक्छ ।

डा. केसीको भनाई हेर्नुहोस भिडियोमा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *