सिरिन्ज प्रयोगमा लापबाहीका कारण एकको मृत्यु २५ गम्भीर, नर्सले लापरबाही गरेको आरोप

नयाँ दिल्ली १२ भदौ । सिरिन्जको प्रयोगमा लापरबाही गरेका कारण भारतको मध्यप्रदेश अन्तर्गत दातीया जिल्लामा एक जनाको मृत्यु भएको छ भने २५ जना अन्य बिरामी गम्भीर बनेका छन् ।

सिरिन्जको प्रयोगमा नर्सबाट भएको लापरबाहीका कारण उक्त घटना हुन पुगेको एएनआईसँग कुरा गर्दै अस्पतालका चिकित्सक तथा सिभिल सर्जन पिके शर्माले बताए ।

शर्माले भने, “सबै बिरामीलाई एउटै सिरिन्जमार्फत औषधी दिइएको भन्ने आएको छ । यो नर्सबाट भएको लापरबाही हो । उनीहरूले सिरिन्ज सफा गर्न पनि ‘डिस्टिल वाटर’को सट्टामा सामान्य पानीको प्रयोग गरेको भन्ने पनि भनाई छ ।”

प्रहरीले यस बिषयमा छानविनका लागि समिति गठन गरी अनुसन्धान थालेको छ । ‘हामीले अस्पतालमा प्रयोग हुने गलत सिरिन्जको प्रयोग भएको भन्ने गुनासो पाएका छौँ । यस सन्दर्भमा स्वास्थ्य समितिको प्रतिवेदन पर्खिएको छ । छानविन शुरु गरिएको छ । रासस/एएनआई

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *