एप्रोन र लाइसेन्स बुझाउने चिकित्सक संघको कार्यक्रम १५ दिनका लागि स्थगित

काठमाडौँ, ३१ साउन । नेपाल मेडिकल काउन्सिललाई एप्रोन र चिकित्सक दर्ता पत्र (लाइसेन्स) बुझाउने नेपाल चिकित्सक संघको पूर्वघोषित कार्यक्रम कार्यक्रम पन्ध्र दिनसम्मका लागि स्थगित भएको छ ।

१ भदौ ( भोलि) देखि लागू हुने गरी ल्याइएको मुलुकी ऐन, मुलुकी अपराध (संहिता) ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४मा उल्लेखित कतिपय बुँदाहरुको विरोध गर्दै संघले भोलि नै काउन्सिल गएर एप्रोन र चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) बुझाउने घोषणा गरेको थियो ।

आफूहरुले राखेका असहमतिलाई सरकारी पक्षले गम्भीरतापूर्वक लिएर सच्याउने आश्वासन दिएपछि विरोधका कार्यक्रम तत्कालका लागि स्थगित गरिएको संघका महासचिव डा लोचन कार्कीले बताए ।

‘कानून न्याय तथा संसदीय मामिला मन्त्रालयबाट आजै पत्र आएको छ, त्यसमा विवादित दफा तथा उपदफाहरुमा आवश्यकता अनुसार संसोधन गरी सम्वोधन गर्ने उल्लेख छ । त्यसैले हामीले अहिलेलाई पूर्वघोषित कार्यक्रम स्थगित गरयौँ,’ डा कार्कीले भने ।

उनले १५ भदौसम्म संसोधनको प्रक्रिया अघि नबढे प्रमाणपत्र र एप्रोन काउन्सिललाई बुझाई सेवाबाट अलग रहने जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *