स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा प्राध्यापक उमाकान्त प्रसाद
काठमाडौँ, २३ साउन । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा प्राध्यापक उमाकान्त प्रसादलाई नियुक्त गरेको छ । प्रसाद त्रिभुवन विश्वविद्यालय अर्थशास्त्रका विभागका प्राध्यापक हुन ।
गत मन्त्रिपरिषद्को बैठकले बोर्ड अध्यक्षमा प्रसादलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उमाकान्तलाई अध्यक्ष बनाउने प्रस्ताव करीब डेढ महिना अघि नै मन्त्रिपरिषद्मा लगेको थियो । तर निर्णय हुन् यतिका समय लाग्यो ।
तत्कालिन स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले बोर्डको अध्यक्षमा पूर्व स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीको नाम प्रस्ताव गरेको बताइएको थियो । तर लामो समयसम्म डा उप्रेतीलाई नियुक्ति गर्ने प्रस्ताव पनि रोकिएको थियो ।
त्यसबीचमा सरकारमा सहभागी भएर स्वास्थ्य मन्त्रालयको जिम्मा लिएका उपेन्द्र यादवले पुरानो प्रस्ताव फिर्तालिई नयाँ प्रस्ताव गरेको बुझिएको छ ।
स्वास्थ्य बीमा ऐन अनुसार विमा बोर्डमा पहिलो पटक अध्यक्ष नियुक्त भएको हो ।