डा. केसीद्धारा आफूसंग भएका सम्झौँता कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ, २२ साउन । डा. गोविन्द केसीले आफूसंगभएका सम्झौँता तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । अनसन तोडेपछि १३ दिन लामो उपचारमा रहेका डा. केसी आज डिस्चार्ज भएपछि पत्रकार सम्मेलन गर्दै यस्तो कुरा बताएका हुन् ।

उनले आफूसंग भएको सम्झौँतालाई मन्त्रिपरिषदले अनुमोदन गर्ने भनिएको तर अहिलेसम्म नभएको भन्दै आशंका व्यक्त गरे ।
‘मैले फेरी पनि सरकारलाई स्मरण गराउन चाहन्छु सम्झौँतामा भएका धेरै बुँदाहरु तत्काल कार्यान्वनयमा लैजान सकिन्छ र कार्यान्वनय गर्ने भनिएको पनि छ । सरकार यसमा गम्भीर होस,’ डा केसीले भने ।

उनले चिकित्सा शिक्षा ऐनसम्बन्धी बाहेक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन कार्यदल बनाउने तथा जाँचबुझ आयोगले दोषी ठहर्याएका पदाधिकारीहरुलाई कारवाही गर्ने लगायत सम्झौताका बाँकी ६ बुँदाहरुलाई समेत तत्काल कार्यान्वयनमा लैजाने कुरा समेत तत्काल शुरु गर्ने भनिएकोमा त्यसो नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

गत १६ असारमा जुम्लामा गई अनसन बसेका डा केसी २७ दिन लामो अनसन तोडदै गत १० साउनमा अस्पताल भर्ना भएका थिए । त्यसको १३ दिनपछि आज मात्रै डिस्चार्ज भएका हुन् ।

बोल्दा बोल्दै भक्कानिए डा. केसी
अनसन र उपचारका क्रममा गरी डा केसी छ साता लामो विदामा छन् । सो क्रममा उनले धेरै विरामीको सेवा गर्न नपाएको भन्दै दुखेसो पुखेका छन् । आफूले नचाहँदा नचाहँदै यस्तो परिस्थिति सिर्जना भएको र त्यसको मार आफ्ना विरामीमा परेको भन्दै उनी भक्कानिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *