शिक्षा र स्वास्थ्य हेर्ने संसदीय समितिले पायो पूर्णता

काठमाडौँ, २० साउन । संघीय संसदको शिक्षा र स्वास्थ्य हेर्ने गरी  ४ सदस्यीय संसदीय समिति गठन भएको छ । गत विहीबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख कृष्णबहादुर महराले सदस्यहरुको नाम पढेर सुनाएका हुन् ।

समितिका सदस्यहरुमा तीन जना पूर्व स्वास्थ्य मन्त्री छन् । एक जना सदस्यभने अहिले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।
पूर्व स्वास्थ्य मन्त्रीहरु उमाकान्त चौधरी, खगराज अधिकारी र गगन थापा रहेका छन् । यस्तै शुक्रबार मात्रै स्वास्थ्य राज्यमन्त्री बनेका डा सुरेन्द्र यादव पनि समिति सदस्यमा परेका छन् ।

अघिल्लो पटक स्वास्थ्यका विषय महिला बालबालिका जेष्ठ नागरिक तथा समाजकल्याण समितिले हेर्ने गर्दथ्यो ।

समितिको सभापति छनौट भइ नसक्दा सम्म जेष्ठ सदस्यले बैठकको सभापतित्व गर्नेछन् ।

 

समितिका सदस्यहरुको नाम बर्णानुक्रममा
१. अञ्जना विशंखे
२. उमाकान्त चौधरी
३. उमेश श्रेष्ठ
४. एकवाल मियाँ
५. खगराज अधिकारी
६. गगन कुमार थापा
७. गजेन्द्र बहादुर महत
८. चित्रलेखा यादव
९. जीवनराम श्रेष्ठ
१०.  तिल बहादुर महत क्षेत्री
११. दुलारी देवी खत्वेनी
१२.  नविना लामा
१३. नमिता कुमारी चौधरी
१४. नारायण प्रसाद मरासिनी
१५. भैरव बहादुर सिंह
१६. मन कुमारी जि सी
१७. मान बहादुर विश्वकर्मा
१८. योगेश कुमार भट्टराई
१९. रेखा कुमारी
२०. सन्त कुमार थारु
२१. सरीता न्यौपाने
२२.  सुरेन्द्र कुमार यादव
२३. सुरेश कुमार राई
२४. हित बहादुर तामाङ

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *