डा. केसीसंग भएको सम्झौँता अनुरुप राष्ट्रिय चिकित्सा विधेयक संसदमा पेश

काठमाडौँ, ११ साउन । डा. गोविन्द केसीसंग भएको सम्झौँता अनुसार सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक – २०७५ संसदमा पेश गरेको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले उक्त विधेयक आज संसदमा पेश गरेका हुन् ।

त्यसअघि विधेयकबारे विरोधका सूचना दर्ता गराएका सांसद गगन थापा र सरिता गिरीले आफ््नो विरोध फिर्ता लिएका थिए । उनीहरुले डा केसी र सरकारबीच भएको सम्झौँता र संसदप्रति विश्वास गर्दै विरोध फिर्ता लिएको बताएका थिए ।

तर, नेमकिपाका सांसद प्रेम सुवालले भने विरोधको सूचना फिर्ता लिन मानेनन् । उनको सो प्रस्तावलाई बहुमतले अस्विकृत गरेको थियो ।

त्यसअघि शिक्षा मन्त्री पोखरेलले विधेयकको आवश्यकता र महत्वबारे संसदलाई जानकारी गराएका थिए । उनले डा केसीसंग गरेको संम्झौँता अनुरुप नै विधेयक ल्याइएको जानकारी दिए ।

विरोधको सूचना फिर्ता लिने क्रममा सांसदद्धय गगन थापाले चिकित्सा शिक्षा विधेयक बारे कांग्रेसले लिएको अडानबारे प्रष्टपारेका थिए । उनले ढिलै भएपनि सरकारले डा गोविन्द केसीसंग सम्झौँता गरेको भन्दै बधाई दिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *