सरकार र डा. केसीबीच नौँ बुँदे सहमति, २७ दिन लामो अनसन तोडिदै
काठमाडौँ, १० साउन । सरकार र डा गोविन्द केसीबीच ९ बुँदे सहमति भएको छ । सहमति पछि डा केसीले आजै अनशन तोडदैछन् । उनलाई केही वेरमा आइसियू तर्फ लगिदै छ ।
सरकारी बार्ता टोली सदस्य डा. गुणराज लोहनीले दिनभरको पटक पटकको छलफल पछि डा केसीका मागका विषयमा निस्कर्षमा पुगेको बताए । ‘भर्खरै सहमति भएको छ । अव शिक्षण अस्पताल जाँदैछौँ । डा . केसीको अनशन आजै तोडिदैछ,’ उनले भने ।
७ बुँदे माग अघि सार्दै गत १६ असार देखि सुरु अनसनको आज २७ औँ दिन हो । १९ दिन सम्म जुम्लामा अनशन बसेका डा केसी त्रिवि शिक्षण अस्पतालमा ८ दिन बसे ।
अनशन लम्विदै जाँदा उनको स्वास्थ्य झन झन जटिल बन्दै गएको थियो ।