वार्ता टोलीलाई डा. केसीले भने, ‘अब दुई वुँदा सच्चिए अनशन तोडछु’

काठमाडौँ, १० साउन ।  अनशनरत डा गोविन्द केसीले दुई वुँदामा असहमति जनाएका छन् । दिउसो भएको वार्ता सहमति नजिक पुगेपछि डा केसी पक्ष सम्झौँताको मस्यौदा लिएर डा केसीसंग परामर्श गर्न पुगेका थिए । सो क्रममा डा केसीले केही बुँदामा असहमति राखेका थिए । यद्धपी ती बुँदा के के थिए भनेर खुलाइएको छैन ।

‘बार्ता मुलभुत रुपमा सहमतिमा पुगेको छ । तर एक दुईवटा इस्यु डा केसीले राख्नु भएको छ । हामी अव फेरी बालुवाटार जाँदैछौँ र यसलाई सच्याउने प्रयास गर्नेछौँ । त्यो मिल्यो भने आजै अनशन तोडिन सक्छ,’बार्ता टोली सदस्य सुरेन्द्र भण्डारीले भने।

स्रोतका अनुसार डा केसीले उपत्यकामा १० बर्ष कलेज खोल्न नपाइने भन्ने बुँदा हाल्न भनेका छन् । सरकारी पक्षले सो कुरा संसदको क्षेत्रधिकार भित्र पर्ने बताउँदै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *