सरकार र डा. गोविन्द केसी पक्षबीच सहमति, आजै अनसन तोड्ने तयारी

272
Shares

काठमाडौँ, १० साउन । सरकार र डा. गोविन्द केसी पक्षबीचको वार्ता सहमतिमा पुगेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा केही बेर अघि भएको वार्ता सहमतिमा पुगेको हो ।

सहमतिको मस्यौदा त्यसको अन्तिम रुप दिन अहिले दुबै टोली प्रधानमन्त्री निवास जानेछन् । सहमति पत्रमा हस्ताक्षर गरेपछि डा दुबै पक्ष डा केसीको अनशन तोडाउन शिक्षण अस्पताल जाने बताइएको छ । अनशनको आज २७ औँ दिन हो ।

सरकारी टोलीका एक जना सदस्य डा गुणराज लोहनीले सहमति नजिक पुगेको प्रतिक्रिया दिए । उनले मस्यौँदालाई अन्तिम रुप दिने काम भइरहेको बताए ।

‘हो हामी सहमति उन्मुख छौँ र अनसन आजै तोडिन्छ । अहिलेलाई यति भनौँ ‘  उनले भने ।

अस्ती सकारात्मक रुपमा गएको वार्ता हिजो एकाएक भाडिएको थियो । तर रातभरको कसरत पछि अहिले दुबैपक्ष सहमति नजिक आइपुगेका हुन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *