‘पदस्थापनमा पूर्वाग्रह किन ?’ भन्दै स्वास्थ्य सचिवविरुद्ध उत्रिए नेकपा निकट स्वास्थ्यकर्मी

काठमाडौँ, ८ साउन । सरुवा तथा पदस्थापनमा राजनीतिक पूर्वाग्रह साँधेको भन्दै नेकपा निकट स्वास्थ्यकर्मीहरु स्वास्थ्य सचिव डा. पुष्पा चौधरी विरुद्ध खनिएका छन् । उनीहरुले निर्णय नसच्याए अघि बढ्न कठिन हुने चेतावनी दिएका छन् ।

सरुवा तथा पदस्थापनको गर्ने स्वास्थ्य मन्त्रालयको निर्णयबारे ध्यानाकर्षण गराउन मंगलबार स्वास्थ्य मन्त्रालय पुगेका नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठन, अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठन र राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका पदाधिकारीले सचिव चौधरी समक्ष झण्डै डेढ घण्टा सवाल जवाफ गरेका थिए ।

उनीहरुले सचिव डा चौधरी माथि कांग्रेस निकट कर्मचारीलाई काखी च्याँपेको आरोप समेत लगाए ।

‘हामीले हाम्रै मात्रै हुनुपर्छ भन्ने होइन तर हामीहरुलाई छानी छानी बाहिर फ्याकिएको छ र जो अहिले सरकार विरुद्ध आन्दोलन गर्दै हिड्दै छ उनीहरुलाई रोजेको ठाँउमा ल्याइएको छ । यसमा हाम्रो आपत्ती हो, भन्यौँ,’ स्वास्थ्यकर्मी संघका अध्यक्ष भक्तिमान सुब्बाले नेपाली हेल्थलाई बताए ।

सचिव डा. चौधरीले भने आफूले कसैमाथि विभेद नगरेको र प्रक्रिया अनुसार नै चलेको भन्दै बचाउ गरेकी थिइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *