अस्पतालको सेवाबारे जानकारी दिन स्वास्थ्यले काट्यो २४ घण्टे पत्र
काठमाडौँ, ७ साउन । डा. गोविन्द केसीको माग पुरा गराउने भन्दै कतिपय चिकित्सकहरु आन्दोलनमा उत्रिएका बेला स्वास्थ्य मन्त्रालयले कुनै पनि हालतमा अस्पतालको सेवा सूचारु राख्न निर्देशन दिएको छ ।
उसले आज सात वटा केन्द्रीय अस्पताल सहित अञ्चल तथा जिल्ला अस्पतालका प्रमुखहरुलाई लाई पत्र लेखि सेवा प्रभाहको बारेमा २४ घण्टा भित्र जानकारी दिन समेत निर्देशन दिएको छ ।
मन्त्रालयका सहसचिव मधुसुदन बुर्लाकोटीद्धारा हस्ताक्षरित पत्रमा कुनै पनि अस्पतालमा सेवा अवरोध भएको भए के कति कारणले अवरोध भएको हो भन्ने बारे खुलाएर पठाउन समेत भनिएको छ ।
मन्त्रालयले आफूलाई जानकारी गराउँदा बहिरंग सेवा प्रतिदिन, साधारण शल्यक्रिया प्रतिदिन गहन शल्यक्रिया प्रतिदिन, अन्तरंग विरामीसंख्या प्रतिदिन, रिफरल सेवा प्रतिदिन, आकस्मिक सेवा प्रतिदिन कति हुन्छ ? सो को समेत जानकारी भरेर पठाउन निर्देशन दिएको छ ।
सेवा अवरुद्ध गर्नेलाई निलम्बनको तयारी
स्वास्थ्य मन्त्रालयले सेवा अवरुद्ध गरी आन्दोलनमा सम्मिलित हुने चिकित्सकलाई निलम्वन गर्ने तयारी गरेको छ । आन्दोलनका नाममा चिकित्सकहरुले उपचार सेवा नै बहिस्कार गर्न थालेपछि सरकारले सो तयारी गरेको हो ।
‘हो हामीले यसअघि नै स्वास्थ्य सेवा अत्यावश्यक सेवा हो । यसलाई कुनै पनि बहानामा अबरोध गर्न हुन्न भनेर जानकारी गराईसकेका छौँ । फेरी पनि डाक्टर साथीहरुको गतिविधि हाम्रो भनाईललाई टेर्ने खालको देखिएको छैन । अब पनि यस्तै भए एक्सनमा जान पर्न सक्छ । मन्त्रालयको त्यसको लागि तयारी अवस्थामा बसेको छ,’ स्रोतले भन्यो ।