आवासीय चिकित्सकहरुद्धारा पुन: सेवा बहिस्कारको घोषणा

240
Shares

काठमाडौँ, ७ साउन ।  ठूला सरकारी अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरु आजबाट विरामी नजाँच्ने भएका छन् । डा. गोविन्द केसीको माग पुरा गर्न भन्दै आन्दोलनमा उत्रिएका उनीहरुले आजबाट पुन: आकस्मिक कक्ष र आइसियू कक्षमा रहेका विरामीबाहेक अरुलाई सेवा नदिने बताएका हुन् ।

डा. केसीको मागमा सरकार सम्वेदनशील नदेखिएले थप दवाव दिन सेवा बन्दको घोषणा गर्नुपरेको आवासीय चिकित्सकहरुको भनाई छ । तर, आफूहरुलाई उपचार नगरी डाक्टरहरुले आफ्नो स्वास्थ्यलाई ‘आन्दोलनको अस्त्र’को बनाएको बिरामी पक्षले आरोप लगाउँदै आएका छन् ।

सेवा बस्किारको घोषणा गर्नेहरुमा त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरुको संस्था नेशनल रेजिडेन्टस् डाक्टरर्स एशोसिएशन (एनआरडीए) र बीर अस्पतालमा रहेको रेजिडेन्टस् डक्टर्स एशोसिएशन न्याम्स (र्‍यान ) रहेका छन् ।

र्‍यानले जारी गरेको विज्ञप्तीमा न्याम्स अन्तरगर्तका बीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताल, परोपकार प्रसूतिगृह, पाटन मानसिक अस्पताल, तिलगंगा आँखा अस्पताल, नेपाल आँखा अस्पताल लगायतका आंगिक अस्पतालमा कार्यरत डाक्टरहरुले समेत सेवा छाड्ने उल्लेख छ ।

दुबै संस्थाले हिजो जारी गरेको छुट्टा छुट्टै विज्ञप्तीमा डा केसीको अनशन २३ औँ दिन पुग्दासमेत सरकारले माग पुरा गर्ने बारेमा तदारुकता नदेखाएकोले थप दवावका लागि सेवा बहिस्कार गर्नुपरेको उल्लेख छ ।

डा केसीका मागका विषयमा छलफल गर्न सरकारले गत ३२ असारका दिन शिक्षा सचिव खगराज बरालको संयोजकत्वमा बार्ता टोली गठन गरेको थियो । सो टोलीले डा केसी पक्षको बार्ता टोलीसंग तीन पटकसम्म बार्ता गरेको थियो । तर यो टोलीबाट निकास ननिस्कने भन्दै डा केसी पक्षले मन्त्रीस्तरीय टोलीसंग मात्रै कुरा गर्ने अडानमा छ ।

यता सरकारी पक्षले पनि डा केसीबाहेक अरुसंग कुरा नगर्ने मनस्थितिमा पुगेको अभिव्यक्तिहरु दिन थालेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *