डा. केसीलाई काठमाडौँ ल्याउन नेकपाको सुझाव, शिक्षा मन्त्रीले पत्रकार सम्मेलन गर्दै

काठमाडौँ, ३ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जुम्लामा अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि तत्काल सुविधा सम्पन्न अस्पतालमा पुरयाई उपचारको व्यवस्था गराउने निर्णय गरेको छ । बुधबार राती बालुवाटारमा बसेको पार्टीको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले उपचार पछि मात्रै उनका मागका बारेमा छलफल अघि बढाउने निर्णय गरेको छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले एकातिर डा केसीको स्वास्थ्य अवस्था अत्यन्तै जटिल बनेको अर्को तिर डा. केसीले माग पुरा नभएसम्म अनशन नतोड्ने बताइरहेकोले एक कदम अघि बढेर उनलाई सुविधा सम्पन्न अस्पतालमा ल्याउने निर्णय गरेको छ ।

यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा केसीको स्वास्थ्य अवस्था हेरिरहेका चिकित्सकहरुले डा. केसीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक भएकोले आइसियूमा राखेर उपचार गर्नुपर्ने अवस्था हुनसक्ने र सो सुविधा आफूकहाँ नभएको जानकारी विज्ञप्ती मार्फत गराएका थिए । उपचारमा सम्लग्न टोलीको सो रिपोर्ट पछि नेकपाको आकस्मिक बैठक बसेको थियो ।

‘सम्भवत सरकारले आज उहाँलाई काठमाडौँ ल्याउँछ,’ शिक्षा मन्त्रालयल स्रोतले भन्यो ।

त्यसो त शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले अहिले विहान ९ बजे आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दैछन् । डा. केसीको स्वास्थ्य अवस्था र सरकारले चाल्ने कदमको बारेमा जानकारी दिन पत्रकार सम्मेलन आयोजना गर्न लागिएको बुझिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *