सरकार र डा. केसीका प्रतिनिधिबीच शिक्षा मन्त्रालयमा बार्ता

320
Shares

काठमाडौँ, ३२ असार । सरकार र डा गोविन्द केसीका प्रतिनिधिबीच बार्ता भइरहेको छ । अघि बेलुका ८ बजे देखि शिक्षा मन्त्रालयमा भएको बार्तामा शुरु भएको हो । बार्तामा सरकारका तर्फबाट शिक्षा सचिव खगराज बराल, गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी सहभागी छन् ।

डा केसीका पक्षबाट बरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी, डा अभिषेकराज सिंह, ओमप्रकाश अर्याल र नेपाल चिकित्सक संघका प्रतिनिधि सहभागी भएको बुझिएको छ ।

यसअघि दिउसो बसेको मन्त्रिपरिषद्को बैठकले डा केसीसंग बार्ता गर्न तीन सदस्यीय टोली गठन गरेको थियो । त्यस लगत्तै केसी पक्षले आफ्नो टोली सार्वजनिक गर्दै बार्ताको माहोल बनाएको थियो ।

चिकित्सा शिक्षा सुधारका लागि भन्दै यसपटक जुम्ला पुगेका डा केसीको अनशन आज १७ आँै दिनमा चलेको छ । उनले विभिन्न ७ बुँदे माग अघि सारेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *