अस्पतालको सेवा अवरुद्ध गर्न पाइदैन भन्दै शिक्षा मन्त्रालयले काट्यो अर्को पत्र

काठमाडौँ, ३२ असार । शिक्षा मन्त्रालयले महाराजगञ्ज क्याम्पसमा सञ्चालित पठनपाठन र त्रिवि शिक्षण अस्पतालबाट प्रदान भइरहेको अबरुद्ध नहुने व्यवस्था मिलाउन त्रिभुवन विश्वविद्यालयलाई पत्र काटेको छ ।

डा गोविन्द केसीको अनशन लम्बिदै गएको र त्यसलाई समर्थन गर्दै आवासीय चिकित्सकहरु पठन पाठन तथा ओपिडी सेवा बहिस्कार गरी आन्दोलनमा निस्किएको अवस्थामा मन्त्रालयले यस्तो चिठी पठाएको हो । मन्त्रालयले यहि व्यहोराको चिठी त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान डीन कार्यालय र त्रिवि शिक्षण अस्पतालका डाइरेक्टरलाई समेत पठाएको छ ।

आइतबारको मन्त्रीस्तरीय भन्दै काटिएको पत्रमा अस्पतालको सेवा अवरुद्ध हुन नपाउने उल्लेख छ भने । अबरुद्ध हुँदा सेवाग्राहीमा प्रत्यक्ष असर पुग्ने बताइएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *